२०८२, २६ फाल्गुन बुधबार

एन्फाको नयाँ प्रतीक चिह्न र जर्सी सार्वजनिक

एन्फाको नयाँ प्रतीक चिह्न र जर्सी सार्वजनिक


काठमाडौँ, २० फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्नो नयाँ प्रतीक चिह्न (लोगो) र राष्ट्रिय टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, नेपालका लागि केल्मीका आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदीप न्यौपाने लगायतले प्रतीक चिह्न र जर्सी सार्वजनिक गर्नुभएको हो ।

पोखराका सन्दीप तिवारीले एन्फाको नयाँ लोगो तयार गरेका हुन् । ५७० प्रतिस्पर्धीलाई पछि बनाउँदै तिवारीको प्रतीक चिह्न उत्कृष्ट बनेको हो । कार्यक्रममा लोगो तयार गरेवापत एन्फाले तिवारीलाई रु ५० हजार पुरस्कार प्रदान गरेको छ । नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ । पुछारमा फुटबलको चिह्न छ । फुटबलमा सात प्रदेशलाई प्रतिनिधित्व गर्ने घेरा राखिएको छ । एन्फाको लोगो दोस्रो पटक परिवर्तन भएको हो । यसअघि २०६२÷६३ को जनआन्दोलनपछि परिवर्तन गरिएको थियो । त्यसबेला हाल रहेको लोगोको मध्य भागमा रहेको श्रीपेच हटाएर फुटबल राखिएको थियो ।

यस्तै नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी एकै ढाँचाको रहेको छ । यसअघि नेपाली टोलीले फरक फरक कम्पनीका फरक फरक ढाँचाको जर्सी प्रयोग गर्दै आइरहेको थियो । नयाँ जर्सी सधँैको झैँ रातो र निलो रङमा रहेको छ । जर्सीको अघिल्लो भागमा सगरमाथाको प्रतीक राखिएको छ । यसअघि रहँदै आएको जर्सीमा बायाँपट्टि राष्ट्रिय झण्डा रहेको थियो । अब उक्त स्थानमा एन्फाको लोगो हुनेछ । राष्ट्रिय झण्डा अब जर्सीको पछाडि हुनेछ । जर्सीको डिजाइन एन्फा आफैले निर्माण गरेको हो ।

एन्फाको नयाँ जर्सी चिनीयाँ कम्पनी केल्मीले निर्माण गर्नेछ । एन्फाले केल्मीसँग दोस्रो पटक प्रायोजन सम्झौता गरिसकेको छ । यस्तै एन्फाले फुटबल टोलीको गीत सार्वजनिक गरेको छ । गीत राष्ट्रिय धुनका रचनाकार ब्याकुल माइलले रचेका हुन् । गीतमा आनन्द कार्की, शिव परियार, इन्दिरा जोशी लगायतको स्वर रहेको छ । एन्फाले नयाँ लोगो र जर्सीका लागि गत साउनमा खुल्ला छनोटका लागि विज्ञापन निकालेको थियो । सो अवसरमा सदस्य सचिव विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी चैत १५ गतेदेखि शुरु हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ, हामी चैत १५ गतेदेखि प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेका छाँै ।”
-रासस

प्रकाशित मिति : २०७५, २० फाल्गुन सोमबार  ७ : ३८ बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल