२०८२, ११ जेष्ठ शनिबार

एन्फाको नयाँ प्रतीक चिह्न र जर्सी सार्वजनिक

एन्फाको नयाँ प्रतीक चिह्न र जर्सी सार्वजनिक


काठमाडौँ, २० फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्नो नयाँ प्रतीक चिह्न (लोगो) र राष्ट्रिय टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, नेपालका लागि केल्मीका आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदीप न्यौपाने लगायतले प्रतीक चिह्न र जर्सी सार्वजनिक गर्नुभएको हो ।

पोखराका सन्दीप तिवारीले एन्फाको नयाँ लोगो तयार गरेका हुन् । ५७० प्रतिस्पर्धीलाई पछि बनाउँदै तिवारीको प्रतीक चिह्न उत्कृष्ट बनेको हो । कार्यक्रममा लोगो तयार गरेवापत एन्फाले तिवारीलाई रु ५० हजार पुरस्कार प्रदान गरेको छ । नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ । पुछारमा फुटबलको चिह्न छ । फुटबलमा सात प्रदेशलाई प्रतिनिधित्व गर्ने घेरा राखिएको छ । एन्फाको लोगो दोस्रो पटक परिवर्तन भएको हो । यसअघि २०६२÷६३ को जनआन्दोलनपछि परिवर्तन गरिएको थियो । त्यसबेला हाल रहेको लोगोको मध्य भागमा रहेको श्रीपेच हटाएर फुटबल राखिएको थियो ।

यस्तै नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी एकै ढाँचाको रहेको छ । यसअघि नेपाली टोलीले फरक फरक कम्पनीका फरक फरक ढाँचाको जर्सी प्रयोग गर्दै आइरहेको थियो । नयाँ जर्सी सधँैको झैँ रातो र निलो रङमा रहेको छ । जर्सीको अघिल्लो भागमा सगरमाथाको प्रतीक राखिएको छ । यसअघि रहँदै आएको जर्सीमा बायाँपट्टि राष्ट्रिय झण्डा रहेको थियो । अब उक्त स्थानमा एन्फाको लोगो हुनेछ । राष्ट्रिय झण्डा अब जर्सीको पछाडि हुनेछ । जर्सीको डिजाइन एन्फा आफैले निर्माण गरेको हो ।

एन्फाको नयाँ जर्सी चिनीयाँ कम्पनी केल्मीले निर्माण गर्नेछ । एन्फाले केल्मीसँग दोस्रो पटक प्रायोजन सम्झौता गरिसकेको छ । यस्तै एन्फाले फुटबल टोलीको गीत सार्वजनिक गरेको छ । गीत राष्ट्रिय धुनका रचनाकार ब्याकुल माइलले रचेका हुन् । गीतमा आनन्द कार्की, शिव परियार, इन्दिरा जोशी लगायतको स्वर रहेको छ । एन्फाले नयाँ लोगो र जर्सीका लागि गत साउनमा खुल्ला छनोटका लागि विज्ञापन निकालेको थियो । सो अवसरमा सदस्य सचिव विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी चैत १५ गतेदेखि शुरु हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ, हामी चैत १५ गतेदेखि प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेका छाँै ।”
-रासस

प्रकाशित मिति : २०७५, २० फाल्गुन सोमबार  ७ : ३८ बजे

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको