२०८२, २४ फाल्गुन सोमबार

३५ देशमा फेसबुकका ८२ कार्यालय, नेपालमा दर्ता गर्नु पर्छ कि पर्दैन ?

३५ देशमा फेसबुकका ८२ कार्यालय, नेपालमा दर्ता गर्नु पर्छ कि पर्दैन ?


काठमाडौँ, २० फागुन : मासिक करिब अढाई अर्ब सक्रिय प्रयोगकर्ता रहेको फेसबुकको उत्तर अमेरिकामा मात्रै ३७ कार्यालय छन् । संयुक्त राज्य अमेरिकामा मात्रै ३४ कार्यालय रहेको फेसबुकको क्यानडाका मोन्ट्रियल, टोरोन्टो र भ्यान्कोभर सहरमा ३ कार्यालय सञ्चालनमा छन् ।

ब्राजिलमा दुई, कोलम्बिया, अर्जेन्टिना, मेक्सिकोमा एक–एक गरी ल्याटिन अमेरिकामा ५ कार्यालय छन् । त्यस्तै, आयरल्यान्डमा ३, जर्मनी, डेनमार्क, स्विट्जरल्यान्ड, स्विडेनमा २–२ तथा नेदरल्यान्ड, बेल्जियम, युएई, दक्षिण अफ्रिका, बेलायत, स्पेन, इटाली, नर्वे, फ्रान्स, इजरायल र पोल्यान्डमा गरी युरोप, मध्यपूर्व र अफ्रिकाका १६ देशमा २२ कार्यालय छन् ।

यसैगरी, भारतमा मात्रै मुम्बई, नयाँदिल्ली, बैंग्लोर, गुडगाउँ, हैदराबादमा गरी ५ कार्यालय छन् भने अस्ट्रेलियाको मेलबर्न र सिड्नीमा दुई कार्यालय छन् । हङकङ, थाइल्यान्ड, न्युजिल्यान्ड, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, दक्षिण कोरिया, सिंगापुर, ताइवान र जापानमा मात्रै नभएर फेसबुक प्रतिबन्धित रहेको चीनमा समेत उसको कार्यालय छ ।

यसैबीच फेसबुकजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नु पर्छ कि पर्दैन भन्ने बहस सुरु भएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रकाशित मिति : २०७५, २० फाल्गुन सोमबार  ८ : १० बजे

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

राष्ट्रियसभाका नयाँ १८ सदस्यले आज शपथ लिँदै

काठमाडौं । राष्ट्रिय सभा का नवनिर्वाचित सदस्यहरूले आज शपथ लिने