२०८२, ४ माघ आईतबार

कमिसन बढाउने चलखेलमा उद्योगीले ग्यास लुकाए

कमिसन बढाउने चलखेलमा उद्योगीले ग्यास लुकाए


काठमाडौं, फागुन २० : मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले ग्यास उद्योगीले भारतबाट ग्यसा ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर, पीडिओ) शुक्रबारदेखि लिएका छैनन् । कारोबारमा नाफा बढाउनु पर्नेलगायत माग राख्दै आएका उनीहरुले विरोधमा पीडिओ अठाउन छाडेका हुन् । नेपाल ग्यास उद्योग संघले विरोध कार्यक्रम सार्वजनिक गरेलगत्तै बजारमा ग्यास लुकाउन थालिएको छ ।

प्रचलित ऐनविपरित कार्य गर्न कुनै पनि व्यक्ति, व्यवसाय र उद्योगलाई कारबाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई भए पनि सरकार र सबन्धिन निकाय मौन देखिन्छन् । उद्योगीले ग्यास उद्योग सञ्चालन खर्च, वितरकको कमिसन, स्वदेशी ग्यास बुलेट सञ्चालन, नाफा वृद्धिलगायत १० बुँदे माग राख्दै विरोध कार्यक्रम गरिरहेका छन् । स्रोतका अनुसार ज्ञापनपत्र १० बुँदे भए पनि मुख्य माग कमिसन र नाफा वृद्धि हो । यो समाचार राजु चौधरीले कान्तिपुरमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २० फाल्गुन सोमबार  ६ : ३८ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ