२०८२, २७ चैत्र शनिबार

भोलि देखि तीन दिनसम्म वर्षा र हिमपात हुने

भोलि देखि तीन दिनसम्म वर्षा र हिमपात हुने


काठमाडौँ, १९ फागुन : पश्चिमी वायुको प्रभावले मौसममा सामान्यदेखि पूर्ण बदली भई आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर आज राति देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना औँल्याएको हो ।

सोमबार र मङ्गलबार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ । प्रिःमनसुन शुरु भएको र पश्चिमी वायु कमजोर बन्दै गएकाले ठूलो वर्षाको सम्भावना भने नरहेको महाशाखाका मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार मौसममा सामान्य सुधार आएपनि मङ्गलबार पश्चिमी वायुको प्रभाव बढी पर्ने देखिएको छ । बुधबारदेखि मौसममा क्रमिक रुपमा सुधार आउनेछ । महाशाखाको पछिल्लो विवरणअनुसार देशका अधिकांश स्थानमा हल्का वर्षा भएको छ । डडेल्धुरामा ७, वीरेन्द्रनगर र नेपालगञ्जमा समान ५, दाङ र भैरहवामा समान ४ तथा जोमसोममा ६ र लुम्लेमा ३ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ६.८ र अधिकतम तापक्रम २०.५ डिगी्र सेल्सियस रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १९ फाल्गुन आईतबार  ९ : ०० बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण