२०८२, २८ माघ बुधबार

दर्जन विद्यालयका संस्थापक घिमिरेको वृद्धाश्रममा बास

दर्जन विद्यालयका संस्थापक घिमिरेको वृद्धाश्रममा बास


लमजुङ, फागुन १९ :  ‘मलाई राज्यले हेरेन, लौन तपाईहरुले पहल गरिदिनु प¥यो,’ भेट्ने बित्तिकै वृद्ध टेकनारायण घिमिरेले गुनासो गरे । उत्तरी लमजुङमा शिक्षाको ज्योति फैलाउँदै हिँडेका ७६ वर्षीय टेकनारायण घिमिरे अहिले वृद्धाश्रममा बस्छन् ।

लमजुङको बाहुनडाँडा ८ लामपाटा स्थायी घर भएका घिमिरेले उत्तरी चितवनका ३ वटा विद्यालयमा अध्यापन पनि गरे । उनीलाई उत्तरी लमजुङको शिक्षाका संस्थापक भनेर चिनिन्थ्यो । तर घिमिरे वृद्ध अवस्थामा बेसाहार बन्नु परेको छ । पहिले कक्षा ८ उत्र्तिण गरेपछि स्कुलमा पढाउन पाउने चलन थियो । ‘त्यसबेल संस्कृतमा तिक्ष्ण थिएँ, सबैको हाइहाई थियो,’ घिमिरेले भने, ‘१० कक्षा पास गरेको थिएँ, संस्कृत पढाउने राम्रो मास्टर भन्दै तानातान हुन्थ्यो ।’ 

उनकै पहलमा दर्जन विद्यालयहरु खुलेका थिए । उनले अध्यापन गराएका विद्यालयमा चन्द्रोदय उच्च मावि बाहुनडाँडादेखि चितवनको शशिनगर निमाविसम्म छन् । ‘शिक्षण पेशामा २५ वर्षभन्दा बढी बिताएँ,’ घिमिरेले भने, ‘अहिले सम्पत्तिको नाममा तिनै विद्यालयले दिएको प्रमाणपत्र बाहेक अरु केही छैन ।’ यो समाचार सन्देश पौडेलले कारोबार दैनिकमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १९ फाल्गुन आईतबार  ७ : ३० बजे

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार

मेघालयको अवैध कोइलाखानी विष्फोटमा ४ नेपालीको मृत्यु

खोटाङ । भारतको मेघालयस्थित अवैध कोइलाखानीमा माघ २२ गते भएको

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना

सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २