२०८२, ४ माघ आईतबार

दर्जन विद्यालयका संस्थापक घिमिरेको वृद्धाश्रममा बास

दर्जन विद्यालयका संस्थापक घिमिरेको वृद्धाश्रममा बास


लमजुङ, फागुन १९ :  ‘मलाई राज्यले हेरेन, लौन तपाईहरुले पहल गरिदिनु प¥यो,’ भेट्ने बित्तिकै वृद्ध टेकनारायण घिमिरेले गुनासो गरे । उत्तरी लमजुङमा शिक्षाको ज्योति फैलाउँदै हिँडेका ७६ वर्षीय टेकनारायण घिमिरे अहिले वृद्धाश्रममा बस्छन् ।

लमजुङको बाहुनडाँडा ८ लामपाटा स्थायी घर भएका घिमिरेले उत्तरी चितवनका ३ वटा विद्यालयमा अध्यापन पनि गरे । उनीलाई उत्तरी लमजुङको शिक्षाका संस्थापक भनेर चिनिन्थ्यो । तर घिमिरे वृद्ध अवस्थामा बेसाहार बन्नु परेको छ । पहिले कक्षा ८ उत्र्तिण गरेपछि स्कुलमा पढाउन पाउने चलन थियो । ‘त्यसबेल संस्कृतमा तिक्ष्ण थिएँ, सबैको हाइहाई थियो,’ घिमिरेले भने, ‘१० कक्षा पास गरेको थिएँ, संस्कृत पढाउने राम्रो मास्टर भन्दै तानातान हुन्थ्यो ।’ 

उनकै पहलमा दर्जन विद्यालयहरु खुलेका थिए । उनले अध्यापन गराएका विद्यालयमा चन्द्रोदय उच्च मावि बाहुनडाँडादेखि चितवनको शशिनगर निमाविसम्म छन् । ‘शिक्षण पेशामा २५ वर्षभन्दा बढी बिताएँ,’ घिमिरेले भने, ‘अहिले सम्पत्तिको नाममा तिनै विद्यालयले दिएको प्रमाणपत्र बाहेक अरु केही छैन ।’ यो समाचार सन्देश पौडेलले कारोबार दैनिकमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १९ फाल्गुन आईतबार  ७ : ३० बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ