२०८२, २७ चैत्र शनिबार

राजधानीमा भिख माग्न निषेध ! पक्राउ पर्न थाले मगन्ते

राजधानीमा भिख माग्न निषेध ! पक्राउ पर्न थाले मगन्ते


काठमाडौं, फागुन १८ : देशकै राजधानी काठमाडौंका सडक मगन्ते (भिखारी)रहित बनाइने भएको छ । त्यसका लागि प्रहरीले अभियान सुरु गरेको छ । सडकमा हिँड्ने बटुवालाई अनावश्यक दुःख दिने मात्र नभई सहरको सभ्यतामाथि नै प्रश्न उठ्न थालेपछि प्रहरीले मगन्तेलाई पक्राउ गर्न थालेको छ । प्रहरीले मन्दिर र सडकमा माग्न बसेकालाई पनि हटाउने भएको छ । सडकमा बस्ने मगन्ते लागुऔषध दुव्र्यसनीदेखि अपराधमा समेत संलग्न रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।

काठमाडौंमा मात्रै चार सयभन्दा धेरै मगन्ते
महानगरीय प्रहरी परिसर काठमाडौं र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त पहलमा प्रहरीले मगन्ते पक्राउ अभियान सुरु गरेको हो । पहिलो चरणमा न्युरोड, वसन्तपुर, घन्टाघरस्थित जामे मस्जिदलगायतका ठाउँबाट १६ भन्दा धेरै मगन्तेलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने अधिकांश बालबालिका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र पोखरेलले मगन्ते निषेधित क्षेत्र निर्माण अभियानअन्तर्गत उनीहरू पक्राउ परेको बताए ।

‘भिख माग्न संविधानले नै रोक लगाएको छ । तर, काठमाडौंका मन्दिर तथा सडकपेटीमा अझै पनि मगन्तेको भिड लाग्ने गरेको देखिन्छ । यसबाट पैदलयात्री आजित हुनुका साथै सहरको सभ्यतासमेत बिगारेको छ ।’ प्रहरीका अनुसार काठमाडौंमा मात्रै चार सयभन्दा धेरै मगन्ते छन् । त्यसमध्ये अधिकांश महिला तथा बालबालिका छन् । प्रहरीका अनुसार उनी अधिकांश भारतीय मूलका नागरिक रहेको काठमाडौं परिसरका डिएसपी पोखरेलले बताए । ‘काठमाडौंमा मात्रै चार सयको हाराहारीमा मगन्ते रहेको आकलन छ । उनीहरू अधिकांश भारतबाट आएको देखिन्छ । त्यसमा पनि धेरै बालबालिका र महिला छन्,’ उनले भने । याे समाचार टेकराज थामीले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १८ फाल्गुन शनिबार  ७ : ४२ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण