२०८२, ४ माघ आईतबार

राजधानीमा भिख माग्न निषेध ! पक्राउ पर्न थाले मगन्ते

राजधानीमा भिख माग्न निषेध ! पक्राउ पर्न थाले मगन्ते


काठमाडौं, फागुन १८ : देशकै राजधानी काठमाडौंका सडक मगन्ते (भिखारी)रहित बनाइने भएको छ । त्यसका लागि प्रहरीले अभियान सुरु गरेको छ । सडकमा हिँड्ने बटुवालाई अनावश्यक दुःख दिने मात्र नभई सहरको सभ्यतामाथि नै प्रश्न उठ्न थालेपछि प्रहरीले मगन्तेलाई पक्राउ गर्न थालेको छ । प्रहरीले मन्दिर र सडकमा माग्न बसेकालाई पनि हटाउने भएको छ । सडकमा बस्ने मगन्ते लागुऔषध दुव्र्यसनीदेखि अपराधमा समेत संलग्न रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।

काठमाडौंमा मात्रै चार सयभन्दा धेरै मगन्ते
महानगरीय प्रहरी परिसर काठमाडौं र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त पहलमा प्रहरीले मगन्ते पक्राउ अभियान सुरु गरेको हो । पहिलो चरणमा न्युरोड, वसन्तपुर, घन्टाघरस्थित जामे मस्जिदलगायतका ठाउँबाट १६ भन्दा धेरै मगन्तेलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने अधिकांश बालबालिका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र पोखरेलले मगन्ते निषेधित क्षेत्र निर्माण अभियानअन्तर्गत उनीहरू पक्राउ परेको बताए ।

‘भिख माग्न संविधानले नै रोक लगाएको छ । तर, काठमाडौंका मन्दिर तथा सडकपेटीमा अझै पनि मगन्तेको भिड लाग्ने गरेको देखिन्छ । यसबाट पैदलयात्री आजित हुनुका साथै सहरको सभ्यतासमेत बिगारेको छ ।’ प्रहरीका अनुसार काठमाडौंमा मात्रै चार सयभन्दा धेरै मगन्ते छन् । त्यसमध्ये अधिकांश महिला तथा बालबालिका छन् । प्रहरीका अनुसार उनी अधिकांश भारतीय मूलका नागरिक रहेको काठमाडौं परिसरका डिएसपी पोखरेलले बताए । ‘काठमाडौंमा मात्रै चार सयको हाराहारीमा मगन्ते रहेको आकलन छ । उनीहरू अधिकांश भारतबाट आएको देखिन्छ । त्यसमा पनि धेरै बालबालिका र महिला छन्,’ उनले भने । याे समाचार टेकराज थामीले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १८ फाल्गुन शनिबार  ७ : ४२ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ