२०८२, १८ मंसिर बिहीबार

आज मौसम खुले पनि भोलीदेखि पुनः वर्षा सुरु हुने

आज मौसम खुले पनि भोलीदेखि पुनः वर्षा सुरु हुने


काठमाडौं, फागुन १७ : गत शनिबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव सकिएपछि शुक्रबार (आज) मौसम खुल्ने भए पनि शनिबारदेखि पुनः वर्षा सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्को जलवाष्प प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए ।

भारतको जम्मु–कास्मिरलगायत क्षेत्रमा नयाँ जलवाष्प प्रवेश गरिसकेको छ । शनिबारसम्म नेपालको पश्चिम क्षेत्रमा भित्रिन्छ,’ श्रेष्ठले भने, ‘शनिबार नै पश्चिममा हल्का वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।’ आइतबारदेखि उपत्यकासहित मध्य क्षेत्रमा हलुका वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरिएको उनले बताए । नेपाल प्रवेश गरेपछि मात्रै यो जलवाष्प कति दिनसम्म रहन्छ भन्ने सकिने मौसमविद् श्रेष्ठको भनाइ छ ।

शुक्रबार केही पहाडी क्षेत्रमा हलुका वर्षा हुन सक्ने भए पनि अधिकांश भागमा घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाको छ । बिहीबार काठमाडौं उपत्यकासहित अधिकांश क्षेत्रमा पानी परेको थियो । पहाडी र उच्च हिमाली क्षेत्रमा मात्रै होइन काडमाडौंआसपासका डाँडाकाँडामा समेत हिउँ परेको थियो । याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रकाशित मिति : २०७५, १७ फाल्गुन शुक्रबार  ७ : १२ बजे

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो