२०८२, १८ मंसिर बिहीबार

जापान जान एन–४ तहको भाषा जरुरी हुने

जापान जान एन–४ तहको भाषा जरुरी हुने


काठमाडौं, फागुन १७ : रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीहरुले एन–४ तहको जापानी भाषा उर्तिण गर्नेहरु रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका हुन् । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।

जापानी भाषामा एन–४ तह उर्तिण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो । केयर गिभरको लागि भने एन–४ तहको भाषा पर्याप्त नहुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए ।

दुई महिनाअघि जापानले मन्त्रिपरिषद्ले नेपालीसहित विदेशी कामदार लैजाने निर्णय गरेपछि नेपाल उत्साहित छ । आउँदो अप्रिलदेखि नेपाली कामदार लैजाने भनिए पनि मन्त्रालय मार्चदेखि नै भाषा परीक्षणको प्रक्रिया थाल्ने तयारीमा छ । जापान जानेले भाषाको साथै सम्बन्धित कामको अनुभव र सीप पनि सिकेको हुनुपर्छ ।

प्रकाशित मिति : २०७५, १७ फाल्गुन शुक्रबार  ६ : ५९ बजे

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो