२०८२, १२ माघ सोमबार

प्रदेश प्रमुख मल्ललाई उपचार गर्न भारत लगियो

प्रदेश प्रमुख मल्ललाई उपचार गर्न भारत लगियो


धनगढी, १६ फागुन : काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा केही दिनदेखि उपचाररत् सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि आज एयर एम्बुलेन्समार्फत भारत लगिएको छ ।

फागनु पहिलो हप्तादेखि बिरामी भई शिक्षण अस्पतालको आईसियु (सघन उपचार कक्ष)मा उपचाररत् प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा सुधार नदेखिएपछि भारतको मेदान्त अस्पताल लगिएको उहाँका स्वकीय सचिव धनसिंह क्षेत्रीले राससलाई जानकारी दिनुभयो । एकहत्तर वर्षीय प्रदेश प्रमुख मल्ललाई कडा खालको निमोनिया र फोक्सोमा सङ्क्रमण देखिनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको छ ।

शिक्षण अस्पतालका चिकित्सक डा पङ्कज पन्त र डा निरज बम लगायतको चिकित्सकको टोली उहाँको उपचारमा संलग्न थियो । बिरामी भएपछि यही फागुन ५ गते धनगढीको निसर्ग अस्पतालमा उपचारका लागि उहाँलाई लगिएकामा सोही राति थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ फाल्गुन बिहीबार  ७ : ५० बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै