२०८३, २४ आश्विन आईतबार

प्रदेश प्रमुख मल्ललाई उपचार गर्न भारत लगियो

प्रदेश प्रमुख मल्ललाई उपचार गर्न भारत लगियो


धनगढी, १६ फागुन : काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा केही दिनदेखि उपचाररत् सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि आज एयर एम्बुलेन्समार्फत भारत लगिएको छ ।

फागनु पहिलो हप्तादेखि बिरामी भई शिक्षण अस्पतालको आईसियु (सघन उपचार कक्ष)मा उपचाररत् प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा सुधार नदेखिएपछि भारतको मेदान्त अस्पताल लगिएको उहाँका स्वकीय सचिव धनसिंह क्षेत्रीले राससलाई जानकारी दिनुभयो । एकहत्तर वर्षीय प्रदेश प्रमुख मल्ललाई कडा खालको निमोनिया र फोक्सोमा सङ्क्रमण देखिनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको छ ।

शिक्षण अस्पतालका चिकित्सक डा पङ्कज पन्त र डा निरज बम लगायतको चिकित्सकको टोली उहाँको उपचारमा संलग्न थियो । बिरामी भएपछि यही फागुन ५ गते धनगढीको निसर्ग अस्पतालमा उपचारका लागि उहाँलाई लगिएकामा सोही राति थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ फाल्गुन बिहीबार  ७ : ५० बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री