२०८२, ९ बैशाख मंगलबार

पूजा गर्नु अगाडि यस्ता काम गर्नुहोस्, राम्रो फल प्राप्त हुनेछ !

पूजा गर्नु अगाडि यस्ता काम गर्नुहोस्, राम्रो फल प्राप्त हुनेछ !


यदि तपाई हरेक दिन घर या मन्दिरमा पूजा या प्रार्थना गर्नुहुन्छ भने तपाईले केही नियम पनि पालना गर्नुपर्ने हुन्छ । नियम भए धर्म हुन्छ र धर्म भए जीवन हुन्छ । अतः नियमानुसार नै कुनै पनि कार्य गर्नुभयो भने उचित हुन्छ ।त्यसोभए पूजाभन्दा पहिला हामीले गर्नुपर्ने कार्य के हो जो जरुरी हुन्छ ? यो आलेखमा पूजा भन्दा पहिले गर्नुपर्ने कार्यबारे उल्लेख गरिएको छ ।

सौच: सौच अर्थात सुचिता, शुद्धता, शुद्धि, विशुद्धता, पवित्रता तथा निर्मलता । सौचको अर्थ शरीर र मनलाई बाहरी तथा आन्तरिक रुपमा पवित्र पार्नु हो । सौचको अर्थ राम्ररी मल–मूत्र त्याग गर्नु पनि हो ।

सौच दुई प्रकारको हुन्छ, बाह्य र आभ्यन्तर । बाह्यको अर्थ बाहिरी शुद्धि हो भने आभ्यन्तरको अर्थ आन्तरिक अर्थात् मन वचन र कर्मको शुद्धि हो । जब व्यक्ति शरीर, मन, वचन र कर्मले शुद्ध रहन्छ तबमात्रै उसलाई स्वास्थ्य तथा सकारात्मक ऊर्जा र ईश्वरको आशीर्वाद मिल्छ ।

स्नान: शारीरिक शुद्धता पनि दुई प्रकारको हुन्छ, पहिलोमा शरीरलाई बाहिरबाट सुद्ध गरिन्छ । यसमा माटो, उबटन, त्रिफला, नीम आदि लगायर निर्मल जलले स्नान गर्दा त्वचा एवम् शारीरिक अंग शुद्ध हुन्छन् ।

दोस्रो, शरीरका आन्तरिक अंगलाई शुद्ध गर्नका लागि योगमा कैयौं उपाय उल्लेख गरिएको छन् । जस्तै शंख प्रक्षालन, नेती, नौलि, धौती, कुंजल, गजकरणी, गणेश क्रिया, अंग संचालन आदि ।

उपरोक्त करिकाबाट स्नान गर्न सकिने अवस्था छैन भने सामान्य तरिकाले स्नान गर्ने बेला तपाईले आफ्ना सबै १० छिद्रलाई राम्रोसँग सफा गर्नु पर्नेहुन्छ । १० छिद्रमा आँखा र कानका २ दुई छिद्र, कानका २ छिद्र, मुख, नाभि (नाइटो) र गुप्ताङ्ग लिाएर कूल १० छिद्र हुन्छन् ।

धोती: तपाईले सन्ध्यावन्दन, पूजा या आरती गर्ने बेला शरीरमा एउटै कपडा लगानुहोस् । त्यो हो सिलाइ नगरिएको शुद्ध सेतो कपडा । किनकी प्राचिन कालदेखि चलेको नियम यही हो । हिन्दु धर्ममा कुनै पनि प्रकारको पूजा–अर्चनाको बेला श्रद्धालुलाई धोती लगाउन अनिवार्य गरिएको छ। प्राचीनकालमा धोती नलगाएर गरिने पूजा–अर्चनालाई पुर्ण मानिदैनथियो ।

धोती प्राय सूती कपडाबाट बनेको हुन्छ । जो हावादार र सुविधाजनक पनि हुन्छ । धोतीका कारण शरीरका रोमछिद्रमार्फत हामीलाई शुद्ध प्रायवायु मिल्छ । यसलाई पहिरिए पछि सात्विक र निर्मल भाव उत्पन्न हुन्छ ।

शुद्धि र आचमन: मन्दिरमा प्रवेश गर्नु अगाडि पुनः एकपटक शुद्धि गरिन्छ । शौचादिबाट निवृत्ति भएपछि पूजा, प्रार्थना गर्नुपूर्व आचमन गरिन्छ।
मन्दिरमा गएर पनि सबैभन्दा पहिले आचमन गरिन्छ । सन्ध्यावन्दन के बेला आचमन, प्राणायामादि गरेर गायत्री मन्त्रले निराकार ईश्वरको प्रार्थना गरिन्छ । त्यसैले पूजा गर्नु पहिले शुद्धि र आचमन गर्नु जरुरी हुन्छ ।

प्रकाशित मिति : २०७५, १५ फाल्गुन बुधबार  ७ : ०३ बजे

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज