२०८२, ४ माघ आईतबार

सामान बाेक्ने कार्गाेमा पनि विदेशी लगानी, नेपाली व्यवसायीकाे विराेध

सामान बाेक्ने कार्गाेमा पनि विदेशी लगानी, नेपाली व्यवसायीकाे विराेध


काठमाडौं, फागुन १५ : मुलुकमा ठुलो परिमाणमा विदेशी लगानी आवश्यक परिरहेको बेला सरकारले भने स्वदेशी व्यवसायीलाई नै असर पर्ने गरी कार्गो क्षेत्रमा लगानी स्वीकृत गरेको छ । उद्योग विभागले ५० लाख २ करोड रुपैयाँसम्मका पुँजी भएको कार्गो कम्पनीलाई स्वीकृति दिएको पाइएको छ । हालसम्म आधा दर्जन भारतीय तथा चिनियाँ कम्पनीलाई यस्तो स्वीकृति दिइसकेको पाएपछि स्वदेशी व्यवसायीले भने यसको विरोध गरेका छन् ।

व्यवसायीहरुको कार्गो क्षेत्रमा सानो परिमाणमा वैदेशिक लगानी रोक्न उद्योगसचिव यामकुमारी खतिवडा, वाणिज्य तथा आपूर्तिसचिव केदारबहादुर अधिकारीलगायतलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघलाई समेत ध्यानाकर्षण गराउँदै नेपाल फ्रेट फरवार्डस् एसोसिएनले स्वदेशी लगानीलाई हतोत्साहित नगर्न आग्रह गरेको छ । यो समाचार कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छन् ।

प्रकाशित मिति : २०७५, १५ फाल्गुन बुधबार  ८ : १८ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ