२०८३, १३ बैशाख सोमबार

काभ्रेका सिर्जनले बनाए हात मिलाउने रोबोट ‘गोल्डेन गर्ल’

काभ्रेका सिर्जनले बनाए हात मिलाउने रोबोट ‘गोल्डेन गर्ल’


काभ्रेको गोल्डेन फ्युचर माध्यमिक विद्यालयका विद्यार्थी सिर्जन श्रेष्ठले रोबोट ‘गोल्डेन गर्ल’ बनाएका छन् ।
कक्षा १२ मा अध्ययनरत सिर्जनले रोबोटले अङ्ग्रेजी भाषामा सोधेको प्रश्नको जवाफ दिनुका साथै हिँड्ने र हात मिलाउने गर्छ ।

सिर्जनलाई रोबोट बनाउन उनकै सहपाठी सुजित गिरीले साथ दिएका थिए । उनले रोबोटको नाम ‘गोल्डेन गर्ल’ राखेका छन् ।

अवलोकनकर्ताले ‘ह्वाट इज योर नेम र ?’ भनेर सोध्दा रोबोटले ‘माइ नेम इज गोल्डेन गर्ल’ भन्ने गर्दछ ।

स्कुलले शैक्षिक प्रदर्शनी मेलाको आयोजना गर्ने भनेपछि आफूले रोबोट बनाएको उनले बताए ।

रोबोट बनाउने सामग्रीको जोरजाम भने उनी आफैँले गरेका हुन् । “रोबोट बनाउन एक महीना लाग्यो”, सिर्जनले भने, “मेरो रोबोट हिँड्न सक्छ, बोल्न सक्छ, हात मिलाउँछ, अङ्ग्रेजीमा सोधेको प्रश्नको जवाफ दिन सक्छ ।” अहिले विद्यालयले आयोजना गरेको तीनदिने शैक्षिक प्रदर्शनीमा सिर्जनले बनाएको रोबोर्टले आकर्षण बढाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरिएको बताए ।

प्रदर्शनीको प्रमुख आकर्षण रोबोट, भौगोलिक बनावटमा ‘पाँचखाल ग्रीन सिटी’ र पानीजहाज तथा ड्रोन रहेका छन् ।प्रदर्शनी मेला मङ्गलबारसम्म चल्नेछ । रासस

प्रकाशित मिति : २०७५, १३ फाल्गुन सोमबार  १० : ५३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले