२०८३, १० भाद्र बिहीबार

भक्तपुरका साठी प्रतिशत पसल बिनादर्ता सञ्चालन

भक्तपुरका साठी प्रतिशत पसल बिनादर्ता सञ्चालन


भक्तपुर, फागुन १२ गते, भक्तपुर नगरपालिका अनुगमन समितिले आज गरेको बजार अनुगमनमा ६० प्रतिशत पसल बिनादर्ता सञ्चालनमा रहेको पाएको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा देकोचाका २५ वटा पसलमा गरिएको अनुगमनमा १२ वटा पसल दर्ता भएको र १३ वटा पसल दर्ता नभई सञ्चालन गरेको पाइएको हो ।

अनुगमनका क्रममा फर्निचर, टेलर्स, खाद्यान्न, किराना, सैलुन, जुत्ता, सिरक, डस्ना, खाजा पसलदेखि सुसोभ एजुकेसन इन्टरप्राइजेजसमेत दर्ता नभई सञ्चालनमा रहेको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

किरण किरान स्टोरमा रहेको म्याद गुज्रेका जुस, कुकिज, इलैची, केक, ग्लुकोज नष्ट गरेको छ । त्यस्तै एमएस किराना स्टोरको म्याद गुज्रेको मिरिण्डा, सेभेन अप, स्प्राइट, ड्यू नष्ट गरिएको छ । दर्ता नभएका पसललाई तीन दिनभित्र दर्ता गर्न निर्देशन दिएको छ । रासस

प्रकाशित मिति : २०७५, १२ फाल्गुन आईतबार  ७ : १४ बजे

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट