२०८२, ५ कार्तिक मंगलबार

भक्तपुरका साठी प्रतिशत पसल बिनादर्ता सञ्चालन

भक्तपुरका साठी प्रतिशत पसल बिनादर्ता सञ्चालन


भक्तपुर, फागुन १२ गते, भक्तपुर नगरपालिका अनुगमन समितिले आज गरेको बजार अनुगमनमा ६० प्रतिशत पसल बिनादर्ता सञ्चालनमा रहेको पाएको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा देकोचाका २५ वटा पसलमा गरिएको अनुगमनमा १२ वटा पसल दर्ता भएको र १३ वटा पसल दर्ता नभई सञ्चालन गरेको पाइएको हो ।

अनुगमनका क्रममा फर्निचर, टेलर्स, खाद्यान्न, किराना, सैलुन, जुत्ता, सिरक, डस्ना, खाजा पसलदेखि सुसोभ एजुकेसन इन्टरप्राइजेजसमेत दर्ता नभई सञ्चालनमा रहेको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

किरण किरान स्टोरमा रहेको म्याद गुज्रेका जुस, कुकिज, इलैची, केक, ग्लुकोज नष्ट गरेको छ । त्यस्तै एमएस किराना स्टोरको म्याद गुज्रेको मिरिण्डा, सेभेन अप, स्प्राइट, ड्यू नष्ट गरिएको छ । दर्ता नभएका पसललाई तीन दिनभित्र दर्ता गर्न निर्देशन दिएको छ । रासस

प्रकाशित मिति : २०७५, १२ फाल्गुन आईतबार  ७ : १४ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,