२०८३, ३० जेष्ठ आईतबार

पार्टी एकता टुट्दैन, फुट्दैन : प्रधानमन्त्री ओली

पार्टी एकता टुट्दैन, फुट्दैन : प्रधानमन्त्री ओली


धनगढी, ८ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिष्ट पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र भएको बताउनुभएको छ । नेकपाद्वारा आज यहाँ आयोजित सुदूरपश्चिमस्तरीय विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन कसैले भनेर फुट्नेवाला छैन भन्नुभयो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि पार्टीका दुई अध्यक्षको व्यवस्थाका सन्दर्भमा विपक्षीबाट हुने गरेको टिप्पणीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, “दुई वटा शेर एउटै जङ्गलमा हुन सक्दैनन् भनेर विपक्षीले भन्छन् तर हामी मिलेर बसेका छौँ ।” लामो बलिदानी र सङ्घर्षको सफलतापछि देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था प्राप्त भएर देश नयाँ विन्दुमा आइपुगेको उहाँले उल्लेख गर्नुभयो । सुविधा उपभोग गर्न सरकारमा नगएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘देश बनाउन, गरीबी हटाउन, देशलाई अल्पविकसित राष्ट्रबाट मुक्त पार्न, सबैलाई साक्षर बनाउने जस्ता काम गरेर परिवर्तन गर्ने अभियानमा छौँ ।”

प्रधानमन्त्रीले छाउपडीजस्ता कुप्रथा हटाउन जनजागरण अभियान चलाउन लागिएको बताउँदै पूर्व पश्चिम रेलमार्ग, मध्य पहाडी राजमार्ग, पुष्पलाल राजमार्ग, मदन भण्डारी राजमार्ग निर्माणमा प्राथमिकता दिएर काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ नयाँ नेपाल निर्माणका लागि दुई कम्युनिष्ट पार्टी मिल्नुको विकल्प नदेखेर पार्टी एकता गरिएको स्पष्ट पार्दै विभिन्न कारणले तोकिएको समयभित्र पार्टी एकताले पूर्णता पाउन नसके पनि छिटोभन्दा छिटो पार्टी एकतालाई टुङ्ग्याउने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘अहिले नेकपालाई प्राप्त जनविश्वास गुम्यो भने यो राष्ट्र र कम्युनिष्ट पार्टीका लागि गम्भीर दुर्घटना हुनेछ ।” दाहालले पार्टी एकता भाँड्न र सरकारलाई असफल बनाउन चाहने शक्तिबाट सचेत भई काम गर्नुपर्ने बताउनुभयो । सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टी कहिल्यै पनि अधिनायकवादमा जाँदैन भन्दै जनताको मन र विश्वास जित्ने गरी काम गर्न आग्रह गर्नुभयो । नयाँ नेपाल बनाउनका लागि नयाँ सोच, चिन्तन र दृष्टिकोणका साथ काम गर्न आवश्यक रहेको नेपालले उल्लेख गर्नुभयो ।

पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले दुई कम्युनिष्ट पार्टीको एकताले केही शक्ति सलबलाएको उल्लेख गर्दै एकताविरुद्ध भइरहेका षडयन्त्रबाट सचेत हुनुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका नेता भीमबहादुर रावल, कर्णबहादुर थापा, लेखराज भट्ट, माया भट्टलगायतले पनि बोल्नुभएको थियो । कार्यक्रममा नेकपाका नेता एवं ऊर्जामन्त्री वर्षमान पुन र भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठलगायत सहभागी हुनुहुन्थ्यो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ फाल्गुन बुधबार  ९ : ०५ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क