२०८३, ३० जेष्ठ आईतबार

सामाजिक सञ्जाल व्यवस्थित गर्न खोजिएको हो : मन्त्री बाँस्कोटा

सामाजिक सञ्जाल व्यवस्थित गर्न खोजिएको हो : मन्त्री बाँस्कोटा


काठमाडौँ, ८ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा ‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो । विधेयक प्रस्तुत गर्दै उहाँले सरकारले सामाजिक सञ्जाललाई थप व्यवस्थित र समायनुकूल बनाउन खोजिएको स्पष्ट पार्नुभयो । मन्त्री बाँस्कोटाले डिजिटल नेपाल बनाउने अभियानमा सरकार अगाडि बढेको सन्दर्भमा साइबर सुरक्षाका विषयलाई ध्यानमा राखी ‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ ल्याउनुपरेको बताउनुभयो ।

नेपालमा भएका अभ्यास र प्रयोगका आधारमा सामाजिक सञ्जालको प्रयोगलाई थप व्यवस्थित र मर्यादित बनाउन मात्रै खोजिएको मन्त्री बाँस्कोटाको भनाइ थियो । “फेसबुक जस्ता सामाजिक सञ्जाल चलाउन व्यक्तिगतरुपमा नै दर्ता गर्नुपर्छ भनेर हल्ला गरिएको छ । यो सरासर गलत छ । हामीले व्यवस्थित र नियमन गर्न खोजेका हाँै । व्यक्तिगतरुपमा नै दर्ता गर्नुपर्छ भनेका होइनाँै”, उहाँले भन्नुभयो ।

फेसबुक तथा अन्य सामाजिक सञ्जाल नेपालभित्र सञ्चालन गर्न भने सम्बन्धित संस्थाले दर्ता गर्नुपर्ने व्यवस्था गरिएको उहाँको भनाइ छ । सामाजिक सञ्जाललाई सकारात्मकरुपमा प्रयोग गरे त्यसले मानव समाजलाई सकारात्मक सन्देश दिने र गलतरुपमा प्रयोग गरिए त्यो घातक हतियार हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । सामाजिक सञ्जालका विषयमा नेपालमा मात्रै नभई अमेरिका, बेलायत, जर्मनी, भारत, इजिप्ट, क्यानडा जस्ता देशमा समेत चर्चा परिचर्चा शुरु भएको उल्लेख गर्दै उहाँले सामाजिक सुरक्षामा उत्पन्न गरेका चुनौतीलाई के कसरी सम्बोधन गर्ने भन्नेमा सरकारको चासो रहेको बताउनुभयो ।

उहाँले साइबर सुरक्षाका विषयमा सरकार गम्भीर रहेको भन्दै गलत काम हुन नदिनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नै अभ्यासका आधारमा सूचना प्रविधिसम्बन्धी विषयलाई थप व्यवस्थित र मर्यादित बनाउन खोजिएको उल्लेख गर्दै गलत तवरले भइरहेको प्रचारप्रति गुनासो गर्नुभयो । त्यसअघि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । यस्तै बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५’ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गर्नुभयो । सचिव योगीले नै ‘कर्मचारी समायोजना विधेयक, २०७५’ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनु भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १० गते अपराह्न १३ बजे बस्नेछ । रासस

प्रकाशित मिति : २०७५, ८ फाल्गुन बुधबार  ७ : २४ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क