२०८३, ३० जेष्ठ आईतबार

समृद्धिको संवाहक तीनै तहका सरकार: मन्त्री बाँस्कोटा

समृद्धिको संवाहक तीनै तहका सरकार: मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, ५ फागुन: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकको समृद्धिको संवाहक तीनै तहका सरकार भएको बताउनुभएको छ । धुलिखेल नगरपालिकाको २३औँ स्थापना दिवस तथा साक्षर नगरपालिका घोषणा कार्यक्रममा मन्त्री बाँस्कोटाले भन्नुभयो, “सुखी नेपाली र समृद्ध नेपालको संवाहक केन्द्र सरकार मात्र हैन, प्रदेश सरकार र स्थानीय तह पनि हुन् ।” उहाँले तीनै तहका सरकार समृद्धिको अभियानमा दत्तचित्त रहनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले तीनै तहका सरकारले जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हरेक दिन एक पाइला अघि बढ्नुपर्छ’ भन्ने मान्यतालाई सरकारका प्रतिनिधिले अंगाल्नुपर्ने मन्त्री बाँस्कोटाले बताउनुभयो ।

“प्रमको मान्यतालाई अंगाल्दै तीव्र गतिमा परिवर्तन गर्नु जरुरी छ, यसमा स्थानीय तह पनि कर्तव्यबोधका साथ अघि बढोस्”, उहाँले भन्नुभयो, “कुनै पनि देश एकैपटक विकसित भएको छैन ।” कैयाँै हण्डर र ठक्कर खाएर मात्रै अन्य मुलुक समृद्ध बनेका उहाँको भनाइ थियो । नवनिर्माणको यस चरणमा अन्तर्राष्ट्रिय समुदायसँग मिलेर वर्तमान सरकारले मजबुत, सुदृढ र दीगोपनका साथ विकास गर्ने उहाँले बताउनुभयो । वर्तमान सरकारको एक वर्षको अवधिमा आलोचनासँगै सुझाव पनि आएकाले जनताको अपेक्षा पूरा गर्नेगरी आफूहरुले काम गर्ने मन्त्री बाँस्कोटाले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सो अवसरमा धुलिखेललाई साक्षर नगरपालिका घोषणा गरी साक्षर नगरपालिकाको स्तम्भको उद्घाटन गर्नुभयो । उहाँले ‘धुलिखेल नगरका नक्षेत्र’ पदकबाट कलाकार गौरीशङ्कर धुजू र देवमञ्जिल खोजु तथा ‘धुलिखेल रत्न’ पदकबाट काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्मालाई सम्मान गर्नुभयो ।

कार्यक्रममा दक्षिण एशियाली पर्यटन प्रवद्र्धन सङ्गठनका महासचिव किम सो ईलले धुलिखेल नगरपालिका नेपालकै विकासोन्मुख नपा भएकाले दक्षिण एशियाको पर्यटकीय सम्भावना बोकेको नगर भएको दाबी गर्नुभयो । दक्षिण कोरियाको उल्झिन नगरपालिकाका प्रमुख जोल सान इलले नेपालको संस्कृति फरकफरक भए पनि मानिसको बाँच्ने शैली एउटै देखिएको बताउनुभयो । पर्यटकीय एवं सांस्कृतिक नगरी धुलिखेलसँग भगिनी सम्बन्ध गाँस्न पाएकामा उहाँले खुशी व्यक्त गर्नुभयो । सो अवसरमा नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले नपाले हालसम्मका गतिविधिको जानकारी दिँदै नगरका भूमिहीन परिवारलाई जमीन खरीद गर्न रु दुई लाख उपलब्ध गराउने, नगरमा थप १२ उद्यान निर्माण गरिने, नगरमा शुरु गरिएको फ्रि–वाइफाइ सबै वडासम्म पु¥याइने तथा धुलिखेलका पूरातात्विक महत्वका संरचना पुनःनिर्माण भइरहेको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ फाल्गुन आईतबार  ७ : ४० बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क