२०८३, २४ आश्विन आईतबार

सरकार मात्र होइन, प्रणाली नै फेरियो : उपप्रधानमन्त्री पोखरेल

सरकार मात्र होइन, प्रणाली नै फेरियो : उपप्रधानमन्त्री पोखरेल


गाईघाट, ५ फागुन: उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गणतन्त्र र सङ्घीयता स्थापना भएसँगै सरकार मात्र फेरिएको नभएर देशको सम्पूर्ण राजनीतिक प्रणाली नै फेएिको बताउनुभएको छ । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा उच्चमाविमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालमा अहिले पुरानो सरकार भङ्ग भएर दुई तिहाइको नयाँ सरकारमा मात्र फेरिएर आएको हैन, पूर्ण रुपमा हिजोका पुराना राजनीतिक प्रणाली हटाएर नयाँ प्रणाली स्थापना भएको छ ।”

सो अवसरमा उप्रधानमन्त्रीले उदयपुर जिल्लालाई देशको ४८औँ साक्षरता जिल्ला घोषणा गर्नुभयो । उहाँले तीन तहको सङ्घीयता र तीन तहको सरकार भएकाले अधिकारका विषयलाई लिएर अन्योलता देखिएको भए तापनि केन्द्रीय सरकारले नयाँ सङ्घीय कानूनहरु निर्माण गरिरहेकाले चाँडै अन्योलता अन्त्य हुने धारणा राख्नुभयो । उपप्रधानमन्त्री पोखरेलले वर्तमान सरकारले हिजो चुनावअघि जे–जे विषय पार्टीको घोषणापत्रमा राखियो तथा सरकार गठनपछि जे–जे गर्छु भनियो सोही अनुसार सरकार निरन्तर रुपमा अगाडि बढिरहेको दाबी गर्नुभयो ।

उहाँले आगामी आवदेखि वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता प्रतिमहीना प्रतिव्यक्ति पाँच हजारका दरले वृद्धि गर्ने र ५ वर्षभित्र नेपालमा ७५ प्रतिशत प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासमा पु¥याई शिक्षा विकासको कार्य सम्पन्न गर्नेसमेत नीतिका साथ वर्तमान सरकार अगाडि बढिरहेको धारणा व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले सुरक्षा, देशको रक्षा गर्न कटिबद्ध रहेको भन्दै आगामी ५ वर्षभित्र देशमा ५० प्रतिशत युवालाई स्वदेशमा नै स्वरोजगार बनाउने अभियानमा सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले उदयपुर जिल्लालाई साक्षरता जिल्ला घोषणा भएकामा खुशी व्यक्त गर्दै अब जिल्लालाई सारक्षताबाट शिक्षाको विकासमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उदयपुर क्षेत्र नं २ का सङ्घीय सांसद सुरेशकुमार राईले समेत उदयपुर जिल्ला साक्षरता जिल्ला घोषणा भएकामा उदयपुरवासीलाई धन्यवाद दिनुभयो । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक संगठन(युनेस्को)को नियमअनुसार ९५ प्रतिशत जनता साक्षर भएपछि साक्षरता घोषणा गर्न सकिने र उदयपुर जिल्लामा अहिले ९६.३२ प्र्रतिशत जनता साक्षर भएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ फाल्गुन आईतबार  ६ : ५५ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री