२०८३, २ आश्विन शनिबार

ल्होछारको बिदालाई निरन्तरता दिनुपर्छ : पूर्वमन्त्री तामाङ

ल्होछारको बिदालाई निरन्तरता दिनुपर्छ : पूर्वमन्त्री तामाङ


बनेपा, ४ फागुन : पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेकपाका नेता शेरबहादुर तामाङले तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होछारका लागि दिँदै आएको सार्वजनिक बिदालाई सङ्घीय सरकारले निरन्तरता दिनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१, देवीटारस्थित बगैँचा टोलमा आज आयोजित तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व २८५५औँ फाग् सोनाम ल्होछारका अवसरमा आयोजित बृहत् ल्होछार सांस्कृतिक कार्यक्रममा उहाँले मुलुकको परिवर्तनका लागि तामाङ समुदायले जनयुद्ध र जनआन्दोलनमा ठूलो त्याग र बलिदानी गरेको भए पनि अझै मुक्ति पाउन नसकेको बताउनुभयो ।

सो अवसरमा उहाँले विकास र समृद्धिको आधार शिक्षा भएकाले त्यसतर्फ सबै सजग र सचेत भएर निरन्तर लाग्नसमेत आग्रह गर्नुभयो । कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले नगरपालिका सबैको आवश्यकता र चाहनाका साथ अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका उपाध्यक्ष पञ्चसिं घिसिङले तामाङहरुले आफ्नो पहिचान र मौलिकतालाई जोगाउनका लागि प्रत्येक तामाङलले घर÷घरमा दज्र्यु र लुङदर राख्नै पर्ने बताउनुभयो । कार्यक्रम सुनौलो देवीटार युवा क्लब र धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ फाल्गुन शनिबार  ८ : ४७ बजे

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो 

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ

औषधिको आपूर्ति व्यवस्थापनका लागि ‘रियल टाइम मनिटरिङ’ प्रणाली आवश्यक : डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा

संविधानको जग भत्काएर होइन, त्यसैमा टेकेर अघि बढ्नुपर्छ : डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधान संशोधन गर्दा

संविधान संशोधनअघि पूर्ण कार्यान्वयनको समीक्षा आवश्यक : संविधानविद् अधिकारी

काठमाडौं । संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारीले संविधान

स्थानीय तहमै खेलाडीको प्रतिभा पहिचान गर्नुपर्छ : मुख्यमन्त्री थापा

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव