२०८३, २ आश्विन शनिबार

सरकारले किसानको पक्षमा काम गरिरहेको छ : मन्त्री यादव

सरकारले किसानको पक्षमा काम गरिरहेको छ : मन्त्री यादव


काठमाडौँ, ३ फागुन : उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले किसान, उपभोक्ता र उद्योगी सबैको हितमा सरकारले काम गरिरहेको बताउनुभएको छ । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको वैठकमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफमा मन्त्री यादवले उपभोक्ताको हितमा पारित भएका कानूनको कार्यान्वयनमा सरकारले जोड दिएका बारेमा सदनलाई जानकारी दिनुभयो ।

उहाँले विगतमा बजारमा सरकारको उपस्थिति अनुभव गर्न सकिने अवस्था नरहेको र अहिले बजारमा सरकार छ भन्ने अनुभूति जनतालाई गराइरहेको स्पष्ट पार्नुभयो । उहाँले निरन्तर बजार अनुगमन भइरहेको उल्लेख गर्नुभयो ।

मन्त्री यादवले भन्नुभयो, “सरकार बजार व्यवस्थित गर्ने प्रक्रियामा छ, प्रभावकारी बनाउन निरन्तर बजार अनुगमन गरिरहेका छौँ ।” उहाँले सरकार आफैँले सबै उद्योग चलाउने पक्षमा नरहेको प्रस्ट पार्दै उखु किसानको पक्षमा अझै पनि धेरै काम गर्नुपर्ने र किसानको समस्या सुल्झाउन प्रयासरत भएको बताउनुभयो । बैठकमा सांसदहरुले उखुको मूल्य नतोकिँदा किसान मर्कामा परेको र खरीद गरेका उद्योगले भुक्तानी नदिँदा किसान अप्ठेरोमा परेकाले मन्त्रीको जवाफ मागेका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, ३ फाल्गुन शुक्रबार  ७ : २५ बजे

स्थानीय तहमै खेलाडीको प्रतिभा पहिचान गर्नुपर्छ : मुख्यमन्त्री थापा

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव

संविधानलाई कानुन होइन, संस्कारको रुपमा अभ्यास गर्नुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले संविधान

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन,

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह

काठमाडौं । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक