२०८२, १४ असार शनिबार

प्रेसलाई नियन्त्रण गर्न खोजिएको होइन : सञ्चारमन्त्री बाँस्कोटा

प्रेसलाई नियन्त्रण गर्न खोजिएको होइन : सञ्चारमन्त्री बाँस्कोटा


खस्यौली, २८ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसलाई नियन्त्रण गर्न नखोजिएको स्पष्ट गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, रुपन्देहीले आज बुटवलमा गरेको साधारणसभामा उहाँले प्रेसलाई सङ्कुचन र नियन्त्रण होइन व्यवस्थित, मर्यादित र नियमन गर्न खोजिएको हो भन्नुभयो । मन्त्री बाँस्कोटाले वर्तमान सरकारले विज्ञापन नीति संसद्मा दर्ता गरेको उल्लेख गर्दै समानुपातिक विज्ञापन नीतिले पत्रकारका पक्षमा काम गर्ने बताउनुभयो । “श्रमजीवी पत्रकार ऐन श्रमजीवीप्रतिको सम्मान हो”, उहाँले भन्नुभयो ।

वर्तमान सरकारले काम गरिरहेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले सरकारले काम गरेको छैन भनेर अफवाह नफैलाउन आग्रह गर्नुभयो । उहाँले सरकार नागरिकका पक्षमा रहेकाले प्रणालीलाई विधिअनुसार लैजान खोज्दा ढिलाइ भएको उल्लेख गर्दै परिवर्तनलाई आत्मसात् गर्न नसक्दा विगतका सरकारलाई पनि निषेध गर्न खोजिएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सरकारको अरु केही नभए पनि गौतमबुद्ध विमानस्थलको कामलाई हेरेर विश्लेषण गर्न अनुरोध गर्दै प्रेस ऐेन जसरी पनि ल्याइने बताउनुभयो । नेपालको रु १२ अर्बको विज्ञापन बजारलाई रु २० अर्ब पु¥याउँदैछाँै उहाँले भन्नुभयो । उहाँले केही दिनमा प्रदेश तहबाट नयाँ सञ्चारग्राममार्फत प्रेससम्बन्धी काम हुने गरी बजेटसमेत व्यवस्थापन भइसकेको बताउनुभयो । शाखा सभापति यानेन्द्र जिसी, महासङ्घका पूर्वअध्यक्ष महेन्द्र विष्ट, केन्द्रीय सदस्य वसन्त गिरी, पूर्वसांसद विनोद पहाडीलगायतले पनि प्रेस स्वतन्त्रताको पक्षमा बोल्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २८ माघ सोमबार  ६ : १५ बजे

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान

नागार्जुनमा प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिक अनावरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट

माधव नेपाललाई अध्यक्षबाट हटाउने विषय प्राथमिकतामा छैन् : पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष

पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका

यस्तो छ विद्या भण्डारीको सम्बोधनको पूर्णपाठ

विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहका सभापति