२०८३, १७ जेष्ठ सोमबार

आकाश र आँचल सुटुक्क धुलिखेलमा किन आए ? (हेर्नुहोस भिडियो सहित )

आकाश र आँचल सुटुक्क धुलिखेलमा किन आए ? (हेर्नुहोस भिडियो सहित )


नेपाली दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाई सकेका चर्चित नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मा एकाएक धुलिखेलको मिरावल होटलमा देखा परेका छन् । आकाशले आँचललाई सरप्राईज दिन सुटुक्क धुलिखेल लगेका हुन् । एकाएक आकाश र आँचलको टेबलमा बर्थडे केक आईपुग्छ । आकाशले आँचलको बर्थडे सेलेबे्रसनको तयारी गरेका रहेछन् ।

आँचलले बर्थडेको केक काट्छिन उता आकाशले पपअप पट्काउछन् । आकाशले केक आँचललाई खुवाउँछन् अनि आँचलले खुःशि भएर आकाशलाई मुस्कान सहित प्रेमभाव प्रकट गर्छिन । होटेलको रेष्टुरेन्टमा रहेका सबैले आँचललाई बर्थडे विस गर्छन । त्यहि बेला पर बाट निर्देशक प्रभावनले “ओके” समर्थन छ । ल अब अर्कौ एङगल बाट सट लिउ । एतिकैमा होटलमा रहेका सबैको ध्यान भङ्ग हुन्छ । ए सुटिङपो रहेछ ।

चर्चित गाएक प्रमोद खरेलको गाएन रहेको गजल “समय आए पछि” को म्युजिक भिडियोको सुटिङको लागि नेपालि सिने क्षेत्रका व्यस्त यो जोडिलाई लिएर निर्देशक प्रभावन पर्यटकिय नगरी धुलिखेलको मनमोहक दृश्य कैद गर्न मिराबल होटेलमा व्यस्त देखिन्थे । हेर्दा लाग्थ्यो म्युजिक भिडियो हैन कि फिल्मकै सुटिङ भैरहेको छ । आकाश र आँचललाई साथ दिईरहका थिए चर्चित कलाकारहरु रश्मि भट्ट, राजाराम गौतम र श्वेता गोलेले ।

क्यामेराम्यान टंक केसि र उनको साथमा ग्राफर विषेश महर्जन असिन पसिन हुँदै सटहरु लिईरहेका थिए । उता डि.ए.आर मुभिजका व्यवस्थापक डिएन दाहाल (धनपति) बिहेको सिनका लागि ठुलो सेट बनाउन र भिड व्यवस्थापनको कसरतमा टिम लिएर दौडधुप गरिरहेका देखिन्थे । धुर्व के.सि.को रचना रहेको उक्त गजलमा संगित ईश्वर खत्री र संयोजन किरण कँडेलले गरेका छन् भने कला रोशन झा, मेकअप निमा लामाले गरेका छन् ।

नायक आकाश भन्दै थिए म म्युजिक भिडियो सुटिङ हैनकि कुनै बिग मुभिजको गित गरिरहेको छु झै लागि रहेको छ । उता आँचल मलिनो स्वरले भन्छिन यो म्युजिक भिडियोको कथालाई लिएर निर्देशक प्रभावनले मलाई पहिलो पटक धुलिखेल अस्पतालमा लगि एमआरआई गराए । आँचलको यो पहिलो अनुभव थियो । एमआरआई मेसिनबाट बाहिर निस्केपछि आँचलले लामो स्वास फेर्दै भनिन् – “हे भगवान यो प्रभावन दाईले मलाई कति सम्म खटाउनुभएको, सात्तो उडाउनुभयो र पनि रमाइलो भैरहेको छ ” । भिडियोलाई लिएर आकाश र आँचल निकै उत्साहित रहेका छन् ।

छोटो समयमा सांगितिक बजारमा आफ्नो अलग्गै पहिचान बनाएर अघि बढिरहेको डि.ए.आर मुभिजले यो गित बजारमा आउँदा नेपाली दर्शकलाई अलग्गै स्वाद पस्कन सफल हुनेमा व्यवस्थापक डिएन दाहाल विश्वस्त छन् । ईश्वर खत्रि र धुर्व के.सिको संयुक्त प्रस्तुति “समय आए पछि” गजल संग्रह डि.ए.आर मुभिजले चाँडैनै बजारमा ल्याउने तयारी गरेको छ । 
हेर्नुहोस भिडियो

प्रकाशित मिति : २०७५, २८ माघ सोमबार  ११ : ४७ बजे

नेपालले पनि सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भीमार्जुनको कडा आपत्ति

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्य ले प्रधानमन्त्री बालेन शाहले संसदमा

भाजपा अध्यक्षको निमन्त्रणामा भारत जाँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने

६ करोड ठगी आरोपकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ

काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा फरार रहेकी चर्चित

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित