२०८२, २७ चैत्र शनिबार

भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव

भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव


वीरगञ्ज, माघ २८:  सीमावर्ती भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव आइतबार फेला परेको छ । रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै फेला परेको शवमध्ये एक जनाको साथमा रहेको परिचयपत्रअनुसार उनी वीरगञ्ज पब्लिक सेकेन्डरी स्कुल कक्षा ११ मा अध्ययनरत पर्सा कालिकामाई–२ भेडिहारीकी निभा कुमारी हुन् । अर्की छात्राको पकेटमा किरण लेखिएको पर्चा फेला परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

घटनास्थल नजिकका स्थानीयका अनुसार बिहान दुवै छात्रा एकअर्काको हात समाएर कौडिहार गाउँतर्फबाट रेल्वे ढालातर्फ आइरहेका थिए । सामाजिक सञ्जालमा शव र परिचयपत्र भाइरल भएपछि एसपी रेवती ढकाल नेतृत्वमा प्रहरी टोली रक्सौलतर्फ गएको डिएसपी अनन्तराम शर्माले बताए । छात्राको विवरण लिएर प्रहरी टोली उनी अध्ययन गर्ने स्कुल पुगेको थियो । 

प्रकाशित मिति : २०७५, २८ माघ सोमबार  ७ : ३२ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण