२०८३, १३ कार्तिक शुक्रबार

चालकको आँखा परीक्षण शुरु

चालकको आँखा परीक्षण शुरु


रसुवा, २५ माघ : राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीद्वारा पहिलोपटक चालकको स्वास्थ्य परीक्षण शुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज नवराज खड्काका अनुसार ट्राफिक प्रहरी निर्देशनालय एवं ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनको निर्देशनमा पासाङल्हामु राजमार्गमा गुड्ने साना ठूला सबै खाले सवारी साधनका सवारी चालक र चालकका लागि योग्य हुँदै गरेका सहचालककोे आँखा तथा उच्च रक्त चाप परीक्षण शुरु गरिएको हो ।

ट्राफिक प्रहरीको आयोजना, नेपाल रेडक्रस एवं रसुवा सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा बिहीबारदेखि चालकका लागि सञ्चालित स्वास्थ्य तथा आँखा परीक्षण कार्यलाई निरन्तरता दिइने बताइएको छ । परीक्षण गरिएका ५२ मध्ये ४८ चालक तथा चार सहचालक छन् । तीमध्ये नौको आँखाको शक्ति कमजोर भेटिएको र तीनको उच्च रक्तचाप पाइएको थियो ।

आँखाको कमजोरी भएकाका लागि थप परीक्षण गरी चस्मा लगाउन र उच्च रक्तचाप भएकालाई छिटो स्वास्थ्य परीक्षण गराई उपचारको साथै खानपिनमा सन्तुलन ल्याउन सुझाव दिइएको ट्राफिक प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ माघ शुक्रबार  ८ : ५७ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित