२०८३, २२ आश्विन शुक्रबार

चालकको आँखा परीक्षण शुरु

चालकको आँखा परीक्षण शुरु


रसुवा, २५ माघ : राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीद्वारा पहिलोपटक चालकको स्वास्थ्य परीक्षण शुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज नवराज खड्काका अनुसार ट्राफिक प्रहरी निर्देशनालय एवं ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनको निर्देशनमा पासाङल्हामु राजमार्गमा गुड्ने साना ठूला सबै खाले सवारी साधनका सवारी चालक र चालकका लागि योग्य हुँदै गरेका सहचालककोे आँखा तथा उच्च रक्त चाप परीक्षण शुरु गरिएको हो ।

ट्राफिक प्रहरीको आयोजना, नेपाल रेडक्रस एवं रसुवा सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा बिहीबारदेखि चालकका लागि सञ्चालित स्वास्थ्य तथा आँखा परीक्षण कार्यलाई निरन्तरता दिइने बताइएको छ । परीक्षण गरिएका ५२ मध्ये ४८ चालक तथा चार सहचालक छन् । तीमध्ये नौको आँखाको शक्ति कमजोर भेटिएको र तीनको उच्च रक्तचाप पाइएको थियो ।

आँखाको कमजोरी भएकाका लागि थप परीक्षण गरी चस्मा लगाउन र उच्च रक्तचाप भएकालाई छिटो स्वास्थ्य परीक्षण गराई उपचारको साथै खानपिनमा सन्तुलन ल्याउन सुझाव दिइएको ट्राफिक प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ माघ शुक्रबार  ८ : ५७ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १