२०८२, ५ पुस शनिबार

समृद्धिका लागि कृषि क्रान्ति अपरिहार्य : वरिष्ठ नेता नेपाल

समृद्धिका लागि कृषि क्रान्ति अपरिहार्य : वरिष्ठ नेता नेपाल


बर्दिवास, २५ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि नयाँ कृषि क्रान्ति अपरिहार्य भएको बताउनुभएको छ ।

महोत्तरीको बर्दिवासमा आज सम्पन्न आधारशिला (पहिलेको नेकपा चौथो महाधिवेशनमा आबद्ध नेता कार्यकर्ताले स्थापना गरेको सामूहिक कम्युन) को १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा वरिष्ठ नेता नेपालले कृषिमा नयाँ प्रविधिको विकासले मात्र मुलुकको समृद्धि अभियानको नेतृत्व गर्नसक्ने बताउनुभयो । “सम्भावनाको धेरै क्षेत्रबाट खोजी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “कृषिबाट खोज्ने समृद्धि वैज्ञानिक र व्यवहारिक हुन्छ ।”

किसानले समयमा बीउ र मल पाउने, उत्पादित वस्तुको उचित मूल्यसहितको बजारको ग्यारेण्टी र पछिल्ला प्रविधिमा किसानको पहुँच नभएसम्म समृद्धि अभियानले गति लिन नसक्ने नेता नेपालको भनाइ थियो । उहाँले दक्ष जनशक्ति बढाएर मुलुकभित्रै आफ्नो सीप र दक्षता उपयोग गर्नसक्ने अवसर पछिल्लो पुस्ताले पाउन सकेमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराले सार्थकता पाउन सक्ने बताउनुभयो ।

समारोहमा आधारशिलाका संस्थापकमध्येकै नेता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘सबैका लागि शिक्षाको अवसर’का लागि वर्तमान सरकार लागि परेको बताउनुभयो । आधारशिला २०५९ सालमा तत्कालीन नेकपा (चौथो महाधिवेशन) मा आबद्ध १५ परिवारका नेता तथा कार्यकर्ताले स्थापना गरेको कम्युन हो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ माघ शुक्रबार  ७ : ४८ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा