२०८३, १३ आश्विन बुधबार

भक्तपुरको चमेना गृहमै वेश्यावृत्ति : सञ्चालिकासहित ६ जना पक्राउ

भक्तपुरको चमेना गृहमै वेश्यावृत्ति : सञ्चालिकासहित ६ जना पक्राउ


भक्तपुर, २४ माघ: भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलको आदर्शस्थित एक चमेना गृहमै वेश्यावृत्ति हुने गरेको पाइएको छ । भक्तपुर प्रहरीले उक्त चमेना गृहबाट अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा चार महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको उक्त तथ्य बाहिर आएको हो ।महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार गएको माघ १९ गते आदर्शस्थित कस्तुरी चमेनाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले चमेना गृह सञ्चालिका नुवाकोटको तादी गाउँपालिका–२ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ४५ वर्षीया पार्वती भन्ने गोमा गोतामेलाईसमेत नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा उक्त चमेना गृहमा छापा मारेको थियो ।‘कस्तुरी चमेना गृहमा वेश्यावृत्ति हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा चार महिला र एक पुरूष अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा फेला परेका थिए’, प्रहरी नायव उपरीक्षक पोखरेलले भने, ‘चमेना गृहको कोठामा वेश्यावृत्तिसम्बन्धी अन्य प्रमाणहरुसमेत बरामद भएका छन् ।’

उनले पक्राउ परेका ६ नै जनालाई जिल्ला अदालत भक्तपुरमा पेस गरी म्याद थप गरिएको जानकारी दिए । उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २४ माघ बिहीबार  ६ : २८ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय