२०८३, २४ आश्विन आईतबार

विद्युतीय रेल र पानीजहाज चलाउँछौँ : मन्त्री महासेठ

विद्युतीय रेल र पानीजहाज चलाउँछौँ : मन्त्री महासेठ


सिन्धुली, २३ माघ:भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले देशमा विद्युतीय रेल र पानीजहाज चलाउने बताउनुभएको छ । सिन्धुलीको दुधौली नगरपालिका कमलाखाँेचमा निर्मित पक्की पुलको आज उद्घाटन गर्दै उहाँले अबको चार वर्षमा ६ देखि आठ हजार किलोमिटर सडक पिच गर्ने बताउनुभयो । उहाँले अगामी ५ वर्षभित्र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गरी सञ्चालन गर्ने गरी सरकाले काम अघि बढाइरहेको बताउनुभयो । “बर्दिबासबाट निजगढ, कांकडभिट्टाबाट पश्चिम, इटहरीबाट पश्चिम, अर्को काठमाडौँ कांकडभिट्टा तथा सुनसरी र कञ्चनपुरबाट शुरु गर्ने सरकारको योजना छ” उहाँले भन्नुभयो ।

सरकारले विद्युतीय रेल सञ्चालनका लागि आर्थिक व्यवस्थापन गर्न दातृ राष्ट्रसँग कुरा गरिरहेको मन्त्री महासेठले जानकारी दिनुभयोे । पाँच वर्षभित्र पूर्व–पश्चिम रेल मार्ग बनाउने र त्यसैगरी काठमाडौँदेखि केरुङ अबको ६ महीनामा डिपिआर तयार भइसक्ने दाबी उहाँले गर्नुभयो । जनकपुर–जयनगर रेल केही समयमा नै सञ्चालन गर्नेसमेत मन्त्री महासेठले बताउनुभयो । कमलाखाँेचमा बनेको पहिलो पुलमा १० वटा स्पान रहेको र पुलको लम्बाइ ५०० मिटर रहेको पुल निर्माण गर्ने कालिका तुत्दी–रुवा जेभी काठमाडाँैका प्रबन्धक निर्देशक राजेन्द आचार्यले बताउनुभयो । पुल निर्माण भएको ७५० मिटर दायाँ÷बायाँ नदी नियन्त्रणसमेत गरिएको छ ।

पुलको चौडाइ १०.५ मिटर छ भने १.५ मिटर दुवैपट्टि फुटपाथ छ । पुल निर्माण गर्न रु ६१ करोड २२ लाखमा सम्झौता भएकोमा हालसम्म रु ६० करोड ९० लाख निकासा भएको उहाँको भनाइ थियो । कम्पनीले सिन्धुलीको मरिणमा पनि सम्झौताभन्दा अघि नै ४०० मिटर लामो पक्की पुल निर्माण गरी हस्तान्तरण गरिसकेको छ । कमलाखोँचमा पुल बनेपछि वर्षामा कमला नदी तर्न नसक्दा बिरामीले उपचार गर्न नपाउने, आवात–जावत रोकिनुपर्ने बाध्यता हटेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २३ माघ बुधबार  ९ : २८ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री