२०८३, २ आश्विन शनिबार

पार्टी एकता फागुन पहिलो साता सकिने : अध्यक्ष दाहाल

पार्टी एकता फागुन पहिलो साता सकिने : अध्यक्ष दाहाल


चौतारा, २३ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण जरुरी रहेको उल्लेख गर्दै पार्टी एकताको काम आगामी फागुनको पहिलो साताभित्र टुङ्गो लगाइने बताउनुभएको छ ।

सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाअन्तर्गत कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४२आँै वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारको काम बाहिर त्यति नदेखिए पनि युगान्तकारी काम भएको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनलाई असफल बनाउन देशीविदेशी तत्वहरु सक्रिय रुपमा लागिपरेको आरोप लगाउनुभयो ।

गरीबीका कारण स्वास्थ्योपचार तथा विद्यालयमा अध्ययन गर्न वञ्चित रहेका व्यक्तिलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दाहालले सो विद्यालयलाई कृषि क्याम्पस बनाउन प्रस्ताव राख्ने आश्वासनसमेत दिनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सांसद अग्नि सापकोटालगायतको सहभागिता रहेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ माघ बुधबार  ७ : ४५ बजे

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो 

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ

औषधिको आपूर्ति व्यवस्थापनका लागि ‘रियल टाइम मनिटरिङ’ प्रणाली आवश्यक : डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा