२०८३, ३० जेष्ठ आईतबार

‘पर्यटन क्षेत्रको विकासमा हवाई सेवा प्रभावकारी’ :मन्त्री अधिकारी

‘पर्यटन क्षेत्रको विकासमा हवाई सेवा प्रभावकारी’ :मन्त्री अधिकारी


पोखरा, २२ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि हवाई सेवा प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पर्वतरोहण सङ्घद्वारा यहाँ सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको १६ औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले समय सापेक्षरुपमा पर्यटकले सुलभ प्रकृतिका सेवा उपयोग गर्ने हुँदा हवाई सेवालाई सहज बनाउनुपर्ने बताउनुभयो ।

उहाँले हवाई सेवा सञ्चालन प्रभावकारी बनाउन सरकारले योजना अगाडि सारेको उल्लेख गर्नुभयो । मन्त्री अधिकारीले धनगढी, भैरहवा, नेपालगञ्ज, सिमरा, विराटनगर लगायतका विमानस्थलमा रात्रि हवाई सेवा सञ्चालन गर्नुका साथै निकट भविष्यमा जनकपुरमा सेवा विस्तार गरिने तयारी भई रहेको जानकारी दिनुभयो । पोखरा विमानस्थलमा प्राविधिक कारणले रात्रि सेवा सञ्चालन गर्न नसकिने बताउँदै उहाँले पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि मात्र उक्त सेवा शुरु गरिने बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाल पर्वतारोहण सङ्घको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि हिमाल आरोहण गर्ने विश्वका आरोहीलाई आमन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल एयरलायन्सलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताउँदै उहाँले हवाई जहाज खरीद प्रकृयामा देखिएको अनियमितता सम्बन्धमा छानबिन गरी कारवाही हुने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालको समृद्धिको मुख्य आधार पर्यटन भएको बताउँदै उचित सदुपयोग गरिनुपर्नेमा जोड दिनुभयो । नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ वन क्याटलकले प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालले गुणस्तरीय पर्यटकलाई आवश्यक भौतिक पूर्वाधारमा जोड दिनुपर्ने बताउनुभयो । सो अवसरमा मन्त्री अधिकारी र राजदूत क्याटलकले सङ्ग्रहालयमा निर्माण गरिएको टोनी हेगन, पासाङलामु शेर्पा र शम्भु तामाङ कर्नरको सामुहिक रुपमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सङ्ग्रहालयका विज्ञ बलप्रसाद राई र कर्मचारी सरस्वती नेपालीलाई नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

हिमाल र हिमाली गतिविधिलाई एउटै थलोमा अध्ययन अवलोक गर्न सकिने पर्वतीय सङ्ग्रहालयमा हालसम्म २० लाखभन्दा बढी आन्तरिक एवं बाह्रय पर्यटकले टिकट काटेर अवलोकन गर्दा रु १७ करोड ८१ लाख ८० हजार ४३८ आम्दानी भएको कार्यक्रमा जानकारी दिइएको थियो । नेपाल पर्वतारोहण सङ्घका केन्द्रीय अध्यक्ष सन्तविर लामाको अध्यक्षतामा भएको कार्यक्रममा टोनी हेगनकी छोरी क्याटिना, सङ्घका महासचिव कुलबहादुर गुरुङ, पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराई लगायतले सङ्ग्रहालयको महत्व माथि प्रकाश पार्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ माघ मंगलबार  ७ : १० बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क