२०८२, १४ असार शनिबार

‘पराजित शक्ति असफल बनाउने खेलमा लागे’ :गृहमन्त्री थापा

‘पराजित शक्ति असफल बनाउने खेलमा लागे’ :गृहमन्त्री थापा


सर्लाही, २२ माघ : गृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकार असफल बनाउन निर्वाचनमा पराजित तथा विदेशी शक्ति सक्रिय भएको बताउनुभएको छ । दोस्रो मुक्तेश्वर महोत्सवको उद्घाटन गर्न सर्लाहीको बरहथवा नगरपालिकाको मूर्तियामा आज आयोजित सभामा उहाँले पराजित शक्तिका साथै देश टुक्र्याउने शक्ति सक्रिय रहेको बताउनुभयो ।

“सरकार देशमा सुशासन लागू गर्न लागिपरेको छ तर पराजित शक्ति सरकार गिराउने खेलमा लागेको छ”, उहाँले भन्नुभयो । उहाँले सरकार विरोधी शक्तिबाट सजग रहनुपर्ने भन्नुभयो । “विदेशी शक्ति सरकारलाई कमजोर बनाउन लागेको छ”, उहाँले भन्नुभयो, “हामी नयाँ युवमा प्रवेश गरेका छौँ, एकतन्त्रीय शासनलाई अन्त्य गरेर सङ्घीय लोकतन्त्रमा प्रवेश गरेका छौँ । सरकारको काम भन्नेको जनताको सेवा हो ।”

मुक्तेश्वर क्षेत्र पर्यटकीय क्षेत्र घोषणा भएमा यस क्षेत्रको विकास हुने, यहाँको आर्थिक विकास र समृद्धि हुने बताउँदै गृहमन्त्री थापाले भन्नुभयो, “विकासबिना शान्ति पनि सम्भव छैन, त्यस कारण यस क्षेत्रको विकासमा सरकार गम्भीर छ ।” महोत्सव आज माघ २२ गतेदेखि शुरु भएको दोस्रो मुक्तेश्वर महोत्सव माघ २८ गतेसम्म चल्ने बरहथावा नपा–९ का वडाध्यक्ष एवम् महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष तुलसीप्रसाद लुइँटेलले बताउनुभयो । ऐतिहासिक मुक्तेश्वर मन्दिरको प्रचारप्रसार गर्नाका साथै यस क्षेत्रका बासिन्दाको झाँकीको प्रदर्शन, सांस्कृतिक कार्यक्रमसमेत राखिएको उहाँले बताउनुभयो । आज पहिलो दिन विभिन्न जातजातिले आफ्नो पहिचानसहितको झाँकीसमेत प्रदर्शन गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ माघ मंगलबार  ७ : ०२ बजे

मकवानपुरमा खुर्पाले हानेर एक जनाको हत्या

काठमाडौं । मकवानपुरमा एक जनाको हत्या भएको छ। जिल्लाको बागमती

वीपी प्रतिष्ठानलाई एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइराला स्वास्थ्य

नेपाल नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान

नागार्जुनमा प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिक अनावरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट