२०८३, ९ भाद्र बुधबार

विराटनगरलाई श्री एयरलाइन्सको साथ

विराटनगरलाई श्री एयरलाइन्सको साथ


काठमाडौँ, २२ माघ : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा विराटनगर किंग्सलाई श्री एयरलायन्सले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा विराटनगर र श्री एयरलायन्सबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । श्री एयरलायन्सका प्रतिनिधि अनिल मानन्धर र विराटनगर किङ्ग्सका मालिक प्रफुल्ल वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताको रकम भने खुलाइएको छैन् । सम्झौतासँगै विराटनगरले श्री एयरलायन्स विराटनगरको नामबाट डिपीएल खेल्नेछ । यस्तै विराटनगरले विदेशी खेलाडीका रुपमा भारतका प्रथम श्रेणीका क्रिकेटर अभिनास यादव र शिवकान्त शुक्लालाई अनुबन्ध गरेको जनाएको छ । यादव देब्रेहाते स्पिनर र शुक्ला देब्रेहाते ब्याट्सम्यान हुन् ।

विराटनगरमा रणनीतिक खेलाडी करण केसी रहेका छन् । उक्त संस्करणको डीपिएल यही माघ २६ देखि आगामी फागनु ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुँदैछ । देशकै सर्वाधिक पुरस्कार राशीको डिपिएलमा विराटनगरसहित धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेनले प्रतिस्पर्धा गर्ने छन् ।

विराटनगरमा कुशल भुर्तेल, अर्जुन अधिकारी, किशोर महतो, आसिफ शेख, राजेश पुलामी मगर, महोमद संसद शेख, पृथु बास्कोटा, हरिशङ्कर साह, सुशन भारी श्रेष्ठ, अमृत गुरुङ, तृतराज दास, शिवकान्त शुक्लालगायत खेलाडी रहेका छन् । यसअघि राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगरमा पारसले यस वर्षको डिपिएल नखेल्ने जनाएपछि करणले कप्तानी गर्न लागेका हुन् ।
-रासस

प्रकाशित मिति : २०७५, २२ माघ मंगलबार  ६ : ५२ बजे

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको