२०८२, ५ माघ सोमबार

विराटनगरलाई श्री एयरलाइन्सको साथ

विराटनगरलाई श्री एयरलाइन्सको साथ


काठमाडौँ, २२ माघ : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा विराटनगर किंग्सलाई श्री एयरलायन्सले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा विराटनगर र श्री एयरलायन्सबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । श्री एयरलायन्सका प्रतिनिधि अनिल मानन्धर र विराटनगर किङ्ग्सका मालिक प्रफुल्ल वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताको रकम भने खुलाइएको छैन् । सम्झौतासँगै विराटनगरले श्री एयरलायन्स विराटनगरको नामबाट डिपीएल खेल्नेछ । यस्तै विराटनगरले विदेशी खेलाडीका रुपमा भारतका प्रथम श्रेणीका क्रिकेटर अभिनास यादव र शिवकान्त शुक्लालाई अनुबन्ध गरेको जनाएको छ । यादव देब्रेहाते स्पिनर र शुक्ला देब्रेहाते ब्याट्सम्यान हुन् ।

विराटनगरमा रणनीतिक खेलाडी करण केसी रहेका छन् । उक्त संस्करणको डीपिएल यही माघ २६ देखि आगामी फागनु ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुँदैछ । देशकै सर्वाधिक पुरस्कार राशीको डिपिएलमा विराटनगरसहित धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेनले प्रतिस्पर्धा गर्ने छन् ।

विराटनगरमा कुशल भुर्तेल, अर्जुन अधिकारी, किशोर महतो, आसिफ शेख, राजेश पुलामी मगर, महोमद संसद शेख, पृथु बास्कोटा, हरिशङ्कर साह, सुशन भारी श्रेष्ठ, अमृत गुरुङ, तृतराज दास, शिवकान्त शुक्लालगायत खेलाडी रहेका छन् । यसअघि राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगरमा पारसले यस वर्षको डिपिएल नखेल्ने जनाएपछि करणले कप्तानी गर्न लागेका हुन् ।
-रासस

प्रकाशित मिति : २०७५, २२ माघ मंगलबार  ६ : ५२ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ