२०८३, २ आश्विन शनिबार

सातै स्थानीय तहमा नेकपाको भेला

सातै स्थानीय तहमा नेकपाको भेला


जाजरकोट, २२ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जाजरकोटका सातै स्थानीय तहमा अगुवा कार्यकर्ताको भेला गर्ने भएको छ । पार्टी एकता भएको लामो समयसम्म गाउँमुखी बन्न नसकेको भन्दै पार्टीकै नेता कार्यकर्ताले गुनासो गरिरहेका बेला पहिलो पटक पार्टीको पालिका भेला हुन लागेको हो । पार्टी एकताका लागि बनेको कार्यदलका संयोजक भैरवसुन्दर श्रेष्ठको अध्यक्षतामा हालै बसेको बैठकले जिल्लाका सातै स्थानीय तहमा पार्टीको विशेष अभियानात्मक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

पार्टी एकताको सन्देश गाउँ–गाउँमा पु¥याउन, अगुवा कार्यकर्तालाई पार्टी एकता, वर्तमान सरकारले जनताको पक्षमा गरेका कामको जानकारी दिन र सङ्गठन सुदृढीकरण तथा निर्माण अभियानका बारेमा प्रशिक्षण दिन भेला आयोजना गरिएको संयोजक श्रेष्ठले राससलाई बताउनुभयो ।

उहाँले बुधबार हुने पालिकास्तरीय भेलालाई सञ्चालन गर्न केही केन्द्रीय नेतालाई जिम्मेवारी तोकिएको छ । नेता श्रेष्ठका अनुसार भेरी नगरपालिकाको भेलाका लागि नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा, छेडागाड नगरपालिकामा केन्द्रीय सदस्य भैरवसुन्दर श्रेष्ठ, जुनीचाँदे गाउँपालिका र शिवालय गाउँपालिकामा केन्द्रीय सदस्य कालीबहादुर मल्ल, नलगाड नगरपालिकामा नेता गोविन्दविक्रम शाह, वारेकोट गाउँपालिकामा केन्द्रीय सदस्य रामदीप आचार्य र कुसे गाउँपालिकामा केन्द्रीय सदस्य नीरज आचार्यलाई समन्वय, सहजीकरण र प्रशिक्षण गर्ने नेताको रुपमा तोएिको छ ।

प्रकाशित मिति : २०७५, २२ माघ मंगलबार  ८ : १६ बजे

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो 

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ

औषधिको आपूर्ति व्यवस्थापनका लागि ‘रियल टाइम मनिटरिङ’ प्रणाली आवश्यक : डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा

संविधानको जग भत्काएर होइन, त्यसैमा टेकेर अघि बढ्नुपर्छ : डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधान संशोधन गर्दा