२०८३, २ आश्विन शनिबार

अवैध सम्पत्ति लुकाउनेलाई कारवाहीको माग

अवैध सम्पत्ति लुकाउनेलाई कारवाहीको माग


काठमाडौँ, २१ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशका विभिन्न बैंकमा गैरकानूनी रुपले अवैध सम्पत्ति लुकाउनेको अवैध सम्पत्ति जफत गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबारदेखि बसेको केन्द्रीय कार्य समितिको बैठकले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रकरण, ३३ केजी सुनकाण्ड, एनसेल कर छली प्रकरण, बूढीगण्डकी परियोजना काण्डलगायत आर्थिक अपचलनका तथ्य सार्वजनिक भइरहेकाले ती प्रकरणको यथार्थ अनुसन्धान गर्न आग्रह गरेको छ ।

बैठकले लगानीको वातावरण सिर्जना गरी स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न ठोस कार्ययोजना ल्याउन, सामान्य रोजगारीका लागि विदेशिन बाध्य लाखौँ नेपाली युवालाई स्वदेश फर्काउन र जीविकोपार्जनको प्रत्याभूत गर्न माग गरेको छ । आज सम्पन्न बैठकले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने क्रममा हिन्दूराष्ट्र र राजसंस्थाप्रति प्रतिबद्ध समान विचारधारा भएका दललाई राप्रपासँग एकताका लागि आह्वान गरेको छ । बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक कार्यपत्र सर्वसम्मतले पारित गरेको छ । यसैगरी महामन्त्रीको सचिवालयसम्बन्धि, कोषाध्यक्षको आर्थिक र राष्ट्रिय स्वाभिमान यात्रा मूल समितिद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।

धर्म परिवर्तनको गतिलाई निस्तेज र नियन्त्रण गर्न, सदियौँदेखिको नेपाली समाजमा कायम रहँदै आएको सांस्कृतिक एकता र सद्भाव खल्बलिन नदिन तथा देशलाई धार्मिक द्वन्द्वको दलदलमा फस्नबाट जोगाउन उपयुक्त कदम चाल्न सो बैठकले सरकारलाई आग्रह गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २१ माघ सोमबार  ७ : ४० बजे

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो 

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ

औषधिको आपूर्ति व्यवस्थापनका लागि ‘रियल टाइम मनिटरिङ’ प्रणाली आवश्यक : डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा