२०८३, २ आश्विन शनिबार

शिक्षा नाफा कमाउने क्षेत्र होइन: मन्त्री पोखरेल

शिक्षा नाफा कमाउने क्षेत्र होइन: मन्त्री पोखरेल


काठमाडौँ, २० माघ: शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताउनुभएको छ । आज चन्द्रागिरि नगरपालिका बलम्बुमा रहेको जापान सरकारद्वारा निर्मित प्रनिधि माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्रको लगानी नाफा कमाउनेभन्दा पनि देश विकास गर्ने र देश बनाउने क्षेत्र भएको बताउनुभयो । “शिक्षा क्षेत्रलाई सेवाको क्षेत्र बनाउनुपर्ने हो । शिक्षामा काम गर्नु भनेको देश विकासमा सहयोग गर्नु हो”, उहाँले भन्नुभयो, “नाफाको आशा नगर्नुस्, देशका लागि योगदान दिनुहोस् । शुल्क निर्धारण गर्दा सरकारी प्रणालीलाई लागू गर्नुहोस् ।”

सार्वजनिक शिक्षालाई सबल बनाउनुपर्ने बताउँदै प्राविधिक÷व्यावसायिक शिक्षालाई जोड दिनु आवश्यक रहेको मन्त्री पोखरेलको भनाइ थियो । यस वर्ष विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने र अर्को वर्ष साक्षर नेपाल घोषणा गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभएको छ । उहाँले सरकारले थालेको समृद्ध नेपाल र सुखी नेपाली बनाउने बनाउने अभियान शिक्षालाई नयाँ ढङ्गले अघि बढाएमात्र सफल हुने बताउनुभयो ।

मन्त्री पोखरेलले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्नुपर्ने उल्लेख गर्नुभयो । शिक्षालाई पूर्वाधारका रुपमा विकास गर्नुपर्ने भन्दै उहाँले शिक्षामा विज्ञान प्रविधि जोड्नु अनिवार्य रहेको बताउनुभयो । विज्ञान र प्रविधिलाई उत्पादन शक्तिका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ९ : ०३ बजे

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो 

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ

औषधिको आपूर्ति व्यवस्थापनका लागि ‘रियल टाइम मनिटरिङ’ प्रणाली आवश्यक : डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा