२०८३, २ आश्विन शनिबार

सिडियोलाई अधिकार नै अधिकार

सिडियोलाई अधिकार नै अधिकार


काठमाडौं, माघ २० : संघीय शासन प्रणालीमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) झन् शक्तिशाली हुने भएका छन् । केन्द्रीय सरकारबाट खटिने सिडिओलाई भेला हुन रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मका अधिकार दिने प्रस्ताव गरिएको छ ।

संसद्मा दर्ता भएको ‘शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सिडिओलाई शक्तिशाली बनाउने प्रस्ताव गरिएको छ । विधेयक संसद्बाट पारित भए सिडिओले कुनै कार्यक्रम रोक्ने मात्र होइन २५ हजार रुपैयाँसम्म जरिवानासमेत गर्न सक्नेछन् ।

विधेयकको दफा ५ को परिच्छेद २ मा ‘प्रमुख जिल्ला अधिकारीले प्रचलित मेला, जात्रा, पर्व तथा सामूहिक भेला हुने कार्यक्रममा सुरक्षाको प्रबन्ध मिलाउनेछ’ भन्ने उल्लेख छ । दफा ३ मा ‘कार्यक्रमबाट शान्तिसुरक्षामा असर पर्ने भए प्रमुख जिल्ला अधिकारीले त्यस्ता कार्यक्रम सञ्चालनमा रोक लगाउन सक्नेछ’ भन्ने प्रावधान राखिएको छ । रोक लगाउँदा पनि कार्यक्रम गरे सिडिओले प्रहरी परिचालन गरी नियन्त्रण गर्ने र २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन् । यसअघिको स्थानीय प्रशासन ऐन, २०२८ मा कुनै कार्यक्रम सिडिओले रोक्न सक्ने प्रस्ट प्रावधान छैन । तर, दंगा भड्किने अवस्थामा रोक्न सक्ने प्रावधान भने थिए । याे समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ७ : ४३ बजे

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो 

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ