२०८३, १८ भाद्र शुक्रबार

सरकारले निजी विद्यालयमा ताला लगाउँदैनः मन्त्री बास्कोटा (भिडियो सहित)

सरकारले निजी विद्यालयमा ताला लगाउँदैनः मन्त्री बास्कोटा (भिडियो सहित)


काठमाण्डौँ १९ माघ: सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले निजी विद्यालयमा ताला लगाउने पक्षमा सरकार नरहेको स्पष्ट पारेका छन् ।

शनिबार काभ्रेको धुलिखेलमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) काभ्रेको १३ औँ अधिवेशन उद्घाटन गर्दै मन्त्री बास्कोटाले वेतिथी हटाउन भने जरुरी रहेको बताए । ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका आधारमा सरकारले आज नै निजी विद्यालयहरुमा ताला लगाएर बन्द गराउन खोज्यो भन्ने भ्रममा नपर्नु होला, उनले भने ‘तर निजी विद्यालयभित्र बेथिती छ, त्यसलाई रोक्नुपर्छ, विज्ञाप्ति बाजी गरेर मात्रै समस्याको समाधान हुदैन्, बार्ता र सम्बाद गरेर अघि बढ्नुपर्छ ।’

मन्त्री बास्कोटाले शिक्षालाई ब्यापार नबनाउन समेत आग्रह गरे । ‘सरकार सबै क्षेत्रको विसंगति हटाएर नमूना नेपाल बनाउन चाहान्छ, उनले भने ‘त्यसमा तपाईहरुको पनि सहभागिता उत्तिकै आवश्यकता छ ।’ उनले फररर अग्रेंजी बोल्न जान्दैमा विद्यार्थीको शैक्षिक मापन गर्न नमिल्ने उल्लेख गरे । ‘निजीकरणका नाममा ब्यापारिकरण गर्न मिल्दैन, बास्कोटाले थपे ‘ज्ञानको मन्दिरलाई ज्ञान दिने थलोको रुपमा विकास गरौँ ।’

डाक्टर केसीले अनसन तोडेको भोली पल्ट धुलिखेल आएका मन्त्री बास्कोटाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक समेत दुबै सदनले पारित गरिसकेको भन्दै अनसन बस्ने, बनाउन प्रेरित गर्ने र विधेयक पास गराउने सबैलाई धन्यवाद दिए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सबैको सहकार्यले मात्रै देश समृद्ध हुने भन्दै राम्रो काममा हातेमालो गर्न सरकार तयार रहेको स्पष्ट पारे ।

प्रकाशित मिति : २०७५, १९ माघ शनिबार  ११ : ५५ बजे

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन