२०८३, ३० जेष्ठ आईतबार

भक्तपुरलाई भ्रष्टाचारमुक्त बनाउछु : सांसद बस्नेत

भक्तपुरलाई भ्रष्टाचारमुक्त बनाउछु : सांसद बस्नेत


भक्तपुर, १६ माघ : प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरलाई सुशासन र भ्रष्टाचारमुक्त जिल्ला बनाइने बताउनुभएको छ । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन) ले आज यहाँ आयोजना गरेको ‘पारस्परिक जवाफदेहिताका साथ नागरिक समाज’ विषयक साझा सभामा पूर्वउद्योगमन्त्री बस्नेतले भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्ला बनाएर छाड्ने बताउँदै प्रत्येक भ्रष्टाचार बढी हुने कार्यालयलाई विशेष फोकस गरेर डेक्स नै राखेर भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरिने बताउनुभयो ।

मनोहरा नदी उकासको नाममा ५८ रोपनी, हनुमन्तेमा विमली उपाध्यायको नाममा ६४ रोपनी जग्गा, दक्षिण बाराहीको वन, बोडेको कमल पोखरी, सरस्वतीखेल बसपार्कको जग्गा र रानीकोटमा १३ रोपनी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरिएकाले सो जग्गा खोसिने उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कपिल काफ्ले, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष सोम बजगाईं, नेपाल पत्रकार महासङ्घका अध्यक्ष पुष्करराज बुढाथोकी, नेपानका स्रोत व्यक्ति गोविन्दराज पौडेल, जिल्ला समन्वय समितिका सदस्य गीता सुवेदीलगायतले समाजलाई शुद्ध र सुशासनयुक्त बनाउन नागरिक समाजको सक्रिय सहभागिता र सहयोग रहनुपर्नेमा जोड दिनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ माघ बुधबार  ७ : ४० बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क