२०८२, १४ पुस सोमबार

काभ्रेका ‘जिउँदो सहिद’ मुकेश १३ वर्षदेखि ओछ्यानमा नै

काभ्रेका ‘जिउँदो सहिद’ मुकेश १३ वर्षदेखि ओछ्यानमा नै


काभ्रे, माघ १६ :  दोस्रो जनआन्दोलन देशभरि चर्किरहेको थियो । २६ चैत्र ०६२ मा काभ्रे बनेपा ४ का भीमसेन दाहाल सुरक्षाकर्मीको गोलीबाट पोखरामा मारिए । दाहालको मृत्युपछि काभ्रेमा झन आन्दोलित बन्यो ।  काभ्रेबासीले आन्दोलन सुरु गरे । बनेपामा २७ चैत्रमा सुरक्षकर्मीले चलाएको गोली लागेर मुकेश घाइते भए । सोही दिनदेखि  ओछ्यानमा परेका मुकेश अहिलेसम्म उठ्न सकेका छैनन् ।

गोली लाग्दा १४ वर्षको मुकेश अहिले २७ वर्षका भए । तर, गोलीले बनाएको कन्चटको घाउको खत अझै प्रस्ट देखिन्छ । गोली लागेपछि घाइते भएपछिको केही समय अस्पतालमा बिताएका उनी अहिले प्रायः घरमै रहन्छन् । सारोगाह्रो भएको अवस्थामा मात्र उनलाई अस्पताल लाने गरिएको  छ। मुकेशलाई जनताले ‘जिउँदो सहिद’ विशेषण दिएका छन् । तर, उनको पारिवारिक अवस्था भने निकै दयनीय छ । यो समाचार आजको नयाँ पत्रिकामा इन्द्रबहादुर थापाले लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १६ माघ बुधबार  ८ : ४२ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले