२०८३, ३ मंसिर बिहीबार

काभ्रेको पाँचखालका कृषकलाई अर्गानिक खेतीबारे आइ.पि.एम पाठशाला

काभ्रेको पाँचखालका कृषकलाई अर्गानिक खेतीबारे आइ.पि.एम पाठशाला


काठमाण्डौँ १५ माघ: काभ्रेको पाँचखाल नगरपालिका ५ मा रहेको उमा महेश्वर समूहका कृषकहरुलाई जैविक खेती सम्बन्धि सञ्चालन गरिएको आइ.पि.एम पाठशाला सकिएको छ ।

लवग्रीन नेपालले सञ्चालन गरेको पाठशालाको समापन गर्दै पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखाललाई अग्र्यानिक तरकारी उत्पादन गर्ने नगरका रुपमा विकास गर्न सबै कृषकहरुको सहयोग अपरिहार्य रहेको बताए । ‘हामी हाम्रो नगरबाट उत्पादित सबै तरकारी बिषादी रहित बनाउने योजनामा छौँ, उनले भने ‘आम्दानी बढाउने तर्फ मात्रै नसोचि स्वस्थ्य तरकारी उत्पादनमा लाग्न सबैको साथ र सहयोग चाहिन्छ ।’

लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालीले वातावरण मैत्री एकीकृत दीगो विकास परियोजना अन्तर्गत पाँचखालमा आइ.पि.एम पाठशाला सञ्चालन गरेको जानकारी दिए । लवग्रीन नेपालले माटो परिक्षण गरी सुधार गर्नु पर्ने बिषयमा समेत जानकारी गराउंदै कृषकहरुलाई कम खर्चमा बिषादी रहित ताजा तरकारी उत्पादन गराउनको लागी विभिन्न कृषक पाठशाला संञ्चालन गरिरहेको उनले बताए ।

मौसमी तथा बेमौसमी ताजा तरकारी आइ.पि.एम प्रबिधी बाट खेति गर्दा सफल हुनेमा आफु ढुक्क रहेको पाठशालामा सहभागि अम्बिका मिजारले बताइन् । पाँचखालका कृषकहरुले समय समयमा कृषि बिज्ञहरुलाई झिकाएर अन्तक्र्रिया कार्यक्रम गर्नु पर्ने, हाल पाँचखालमा भएको जग्गा प्लटिङले कृषि कार्यमा नकारात्मक असर परेको भन्दै त्यस्ता कार्य रोक्न नगरपालिकासँग माग गरेका छन् ।

आइ.पि.एम पाठसालाका अध्यक्ष तेज प्रसाद तिमल्सिनाले वातावरणका साथै मानव स्वास्थ्य जोगाउने, कृषकहरुको खर्च घटाई आम्दानीमा बृद्धि गराउने तर्फ सबै कृषकको ध्यान जान जरुरी रहेको बताए । बिषादिलाई अनावश्यक प्रयोगमा रोक लगाउंदै जाने समेत उनले बताए ।

-शुसिलराज गिरी

प्रकाशित मिति : २०७५, १५ माघ मंगलबार  ८ : ५९ बजे

निर्वाचनको हार अस्थायी धक्का हो, निराश नहुनुस् : विद्यादेवी भण्डारी

काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी

एमालेको उद्घोष : निर्वाचनबाट शक्ति आर्जन, आवश्यक परे आन्दोलनको आँधीबेहरी !

काठमाडौं । नेकपा (एमाले) ले पार्टीको राजनीतिक पुनर्जागरण र संगठनात्मक

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्वको पदबहाली, सुशासन र पारदर्शितामा जोड

रुपन्देही । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा,

राष्ट्रिय भेला सकियो, एमाले केन्द्रीय कमिटी बैठक आजै बस्दै

काठमाडौं । नेकपा (एमाले) ले पूर्वनिर्धारित कार्यतालिका परिवर्तन गर्दै केन्द्रीय

राष्ट्रिय भेलापछि एमालेको नजर केन्द्रीय कमिटी बैठकमा, आजै चौथो बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय भेलालाई आजै समापन गरी