२०८३, २४ आश्विन आईतबार

पहिलो पञ्चवर्षीय योजना ल्याउँदैछौँ : मन्त्री बोहरा

पहिलो पञ्चवर्षीय योजना ल्याउँदैछौँ : मन्त्री बोहरा


कञ्चनपुर, १५ माघ: सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवामा सबैको पहुँच पु¥याउन पहिलो पञ्चवर्षीय योजना ल्याउन लागेको बताउनुभएको छ । शुक्लाफाँटा नगरपालिकामा रहेको श्रीकृष्ण बैजनाथ बहुमुखी क्याम्पसको आज पाँचौँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम प्रदेशलाई शिक्षित प्रदेशका रुपमा विकसित गर्नका लागि उच्च महत्वका साथ कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।

प्रदेश सरकारले २० वटा कानून र त्यही सङ्ख्यामा कार्यविधि बनाएर पारित गरेको छ मन्त्री बोहराले भन्नुभयो, “चार वटा कानूनलाई अन्तिम स्वीकृति दिने अवस्थामा पु¥याएका छौँ । अन्य कानूनको खाका तयार गर्ने कार्य भइरहेको छ ।” प्रदेशलाई खाद्यान्न आपूर्तिमा सहजता ल्याउन रु ५० करोडको लागतमा खाद्य संस्थान स्थापना गर्ने, जल बोर्ड स्थापना गर्ने, जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने, नौ वटै जिल्लामा यातायात परिवहन सेवा सञ्चालन गर्ने, नागरिकता र शैक्षिक प्रमाणपत्र धितोका आधारमा स्वरोजगार कोषका माध्यमबाट ऋण उपलब्ध गराउने, तल्लो चमेलिया जलविद्युत् आयोजनाको कार्य प्रदेश सरकारले गर्ने गरी योजना अघि सारिएको उहाँले बताउनुभयो ।

प्रदेशसभा सदस्य लालबहादुर खड्का र श्यामलाल रानाले कृषि, जडीबुटी र जलविद्युत्को विकास गर्नसके प्रदेश आत्मनिर्भर बन्न सक्ने भएकाले यसमा सबैको जोड हुनुपर्ने धारणा राख्नुभयो । शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले शिक्षाको गुणस्तरमा सुधार ल्याउन जोड दिइएको बताउनुभयो । साधारणसभामा क्याम्पस प्रमुख गणेशबहादुर ऐरले क्याम्पसमा भएका गतिविधि र आव २०७४÷७५ को रु ८२ लाख ४१ हजार १६९ को आयव्ययको विवरण पेश गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १५ माघ मंगलबार  ७ : २७ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री