२०८३, २४ आश्विन आईतबार

प्रदेश ३ को अर्धवार्षिक समीक्षा

प्रदेश ३ को अर्धवार्षिक समीक्षा


हेटौँडा, १५ माघ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले योजनाको मापदण्ड बनाउनुपर्ने धारणा राख्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम र बजेटको अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री पौडेलले सरकारले योजना बैंक बनाउन लागेकाले मापदण्डसहितका योजनालाई बैंकमा राख्नुपर्ने बताउनुभयो ।

आगामी आवका लागि अग्रिम तयारी गर्नसमेत उहाँले सबै मन्त्रालयलाई आग्रह गर्नुभयो । पौडेलले बजेट विनियोजन गरिसकेका योजना सम्पन्न गराउन मन्त्रालयले सहजीकरण गर्नुपर्ने बताउनुभयो । काम नरोकिने गरी समस्याको सहजीकरण गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयोे । कार्यक्रममा प्रदेशका सबै मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग तथा प्रदेशका विभिन्न आयोजनाले आफूले सम्पन्न गरेका कार्य, सञ्चालित आयोजना कार्यसम्पादनमा देखिएका बाधा–अड्चनसमेतको कार्यपत्रहरु प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमा व्यापक छलफल तथा बाधा–अड्चनहरु समाधानका उपायको सम्बन्धमा समेत अनुभव आदानप्रदान भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलिया, नीति तथा योजना आयोगका उपाध्याक्ष डा खिमलाल देवकोटा, सदस्य श्याम बस्नेत, प्रमुख सचिव आनन्दराज ढकाललगायत मन्त्रालयका सचिव तथा कर्मचारीको सहभागिता रहेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १५ माघ मंगलबार  ५ : ४४ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री