२०८३, ३० जेष्ठ आईतबार

सरकारसँग अहिले गुनासो, अर्को वर्षदेखि प्रशंसा: नेता नेपाल

सरकारसँग अहिले गुनासो, अर्को वर्षदेखि प्रशंसा: नेता नेपाल


विदुर, १३ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले सरकारसँग जनताको गुनासा रहे पनि अर्को वष सरकारको प्रशंसाको वर्ष हुने बताउनुभएको छ ।

आज प्रेस चौतारी नेपाल नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सरकारको काँधमा कानून कार्यान्वयनदेखि धेरै विषयको व्यवस्थापनको जिम्मेवारी एकैपटक आएकाले बाहिरबाट अपेक्षा गरेजस्तो हुन नसके पनि आगामी वर्षदेखि धमाधम देश विकासमा परिणाम देखिने बताउनुभयो । “यो सरकारसँग दुई तिहाइको शक्ति भए तापनि विगतका सरकारभन्दा भिन्न प्रकृतिको हो । कर्मचारीको व्यवस्थापन, कानून निर्माण र संविधान कार्यान्वयनको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था छ”, नेपालले सबैलाई आशा र धै¥र्य गर्न अनुरोध गर्दै भन्नुभयो, “हामीले लामो राजनीतिक अस्थिरता त झेल्यौँ र कु¥यौँ भने अब छोटो समयपछि नै देश समृद्धिको बाटोमा लम्किनेछ ।”

सरकारविरुद्ध चौतर्फी आलोचना भइरहेकोप्रति लक्ष्य गरी उहाँले काङ्ग्रेस लगायतका पश्चगामी विरोधी शक्तिको विरोध गरेर मात्रै टिकेको राजनीति अब छिट्टै सकिने दाबी गर्नुभयो । पश्चिमा शक्तिले पछिल्लो समय नेपालको शान्ति प्रक्रियालाई बिथोल्ने नियतका साथ विज्ञप्ति जारी भएकोप्रति आपत्ति जनाउँदै नेता नेपालले हाम्रो स्वाधीनता र राष्ट्रहितमा काम गरी समस्या हल गर्न आफूहरु आफैँ सक्षम रहेको बताउनुभयो ।

“समस्या खडा गर्नेगरी र शान्ति प्रक्रिया बिथोल्ने गरी कहीँकतैबाट काम हुन्छ भने त्यसको फन्दामा हामी पर्नु हुँदैन । छिटोभन्दा छिटो हामीले शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याइदिनुपर्छ,” उहाँले भन्नुभयो । सत्यनिरुपणको कामलाई पनि बाँकी राख्न नहुने र बेपत्तासम्बन्धी आयोगलाई पनि लामो समय त्यत्तिकै थन्क्याएर राख्न नहुने उहाँको धारणा थियो । नेपालको राजनीतिक स्थायित्व र विकास प्रक्रियाविरुद्ध लागिपरेका विदेशी शक्ति र देशभित्रकै केही शक्तिलाई आलोचना हुने आधार र बहाना दिन नहुनेतर्फ जोड दिँदै उहाँले सबैलाई सचेत हुन आग्रह गर्नुभयो ।

“तिनलाई हामीले कुनै बहाना दिन हुँदैन । निहुँ खोज्ने ठाउँ दिनु हुन्न । हामी काम गरौँ, गर्न सक्छौँ,” नेता नेपालले भन्नुभयो । त्यसका लागि पार्टीलाई बलियो बनाउने र नेताहरुबीच समझदारीको वातावरण हुनुपर्नेमा उहाँले जोड दिनुभयो । संसद्बाट केही दिनअघि पारित भएको स्वास्थ्य तथा चिकित्सा शिक्षा विधेयक अनशनरत डा गोविन्द केसीकै मागबमोजिम भएको नेता नेपालको भनाइ थियो । “केही छुटेका विषय हुनसक्छन्, त्यसलाई पनि समेट्दै जानेछौँ । विधेयकमा अनाअश्यक कुरा यदि ल्याइएको छ र विदेशीलाई फाइदा पु¥याउने कुरा छन् भने त्यो हामीलाई स्वीकार्य हुन सक्दैन,” उहाँले भन्नुभयो ।

देशमा भइरहेका हिंसा, बलात्कार तथा अपराधका घटनालाई निरुत्साहित गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सरकारले केन्द्रबाट र विशेषगरी प्रधानमन्त्री कार्यालयले डेक्स नै खडा गरेर देशभरका सुरक्षा अधिकारी, निकाय र प्रशासनिक तहमा सिधै समन्वय गर्ने वातावरण बनाए असुरक्षाको अवस्थामा सुधार हुने उहाँको भनाइ थियो । वाइड बडीलगायतका भ्रष्टाचारमा गम्भीर र निष्पक्ष ढङ्गले छानविन गरी दोषीलाई कारवाही गर्न सरकार प्रयत्नशील रहेको उहाँले बताउनुभयो । भ्रष्टाचार गर्न सघाउने र बचाउन खोज्नेलाई पनि खोजीखोजी कानूनी दायरामा ल्याउन सकिएमा मात्रै देशमा सुशासन कायम हुने उहाँले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ माघ आईतबार  ८ : ४७ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क