२०८३, २६ आश्विन मंगलबार

लोकतान्त्रिक आन्दोलनका योद्धा काभ्रेमा सम्मानित

लोकतान्त्रिक आन्दोलनका योद्धा काभ्रेमा सम्मानित


काभ्रेपलाञ्चोक , १२ माघ : राष्ट्रिय युवा परिषद् नेपालले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र नेपाली जनताको समृद्धिका पक्षमा निरन्तर खटेका २० जना पूर्व विद्यार्थी नेताहरुलाई सम्मान गरेको छ ।

परिषद्ले सबै राजनीतिक दलका विद्यार्थी नेतालाई काभ्रेको धुलिखेलमा सम्मान गरेको हो । पूर्व विद्यार्थी नेतालाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सम्मान गरेका थिए । उनले विद्यार्थी नेताहरुले गरेको योगदानको कदर गर्दै कदरपत्र प्रदान गरेका थिए ।

सम्मानित हुनेमा अनेरास्ववियूका पूर्वअध्यक्ष ठाकुरे गैरे, देवेन्द्र पराजुली तथा पूर्वउपाध्यक्ष लक्ष्मण लम्साल, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने, हिमाल शर्मा, युवराज चौलागाई र रत्न ढकाल, विद्यार्थी मञ्चका पूर्वअध्यक्ष सन्तोष मेहता रहेका छन् ।

त्यस्तै अनेरास्ववियूका अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका रमेश मल्ल, रञ्जित तामाङ, रुपनारायण श्रेष्ठ, जगनाथ खतिवाड लगायत छन् । सम्मान कार्यक्रममा नेपाली काँग्रेसका विद्यार्थी नेताहरु भने कोहिपनि उपस्थित भएनन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र नेपाली जनताको समृद्धिका पक्षमा निरन्तर समाहित हुँदै नेपालको शैक्षिक उन्नती र युवा विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए वापत पूर्व विद्यार्थी नेतालाई सम्मान गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार परिषद्को परामर्श बैठक समेत दुईदिन धुलिखेलमा चलेको थियो ।

परिषद्ले ६५ जना पूर्व विद्यार्थी नेतालाई सम्मान गर्ने लक्ष्य राखेको छ । परिषद्ले सम्मान गर्न सूचीकृत पूर्व विद्यार्थी नेता हालका वहालवाला मन्त्री, संघीय तथा प्रदेश सांसद र पार्टीका केन्द्रीय सदस्य छन् । (रासस)

प्रकाशित मिति : २०७५, १२ माघ शनिबार  १० : २५ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका