२०८२, १८ माघ आईतबार

लोकतान्त्रिक आन्दोलनका योद्धा काभ्रेमा सम्मानित

लोकतान्त्रिक आन्दोलनका योद्धा काभ्रेमा सम्मानित


काभ्रेपलाञ्चोक , १२ माघ : राष्ट्रिय युवा परिषद् नेपालले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र नेपाली जनताको समृद्धिका पक्षमा निरन्तर खटेका २० जना पूर्व विद्यार्थी नेताहरुलाई सम्मान गरेको छ ।

परिषद्ले सबै राजनीतिक दलका विद्यार्थी नेतालाई काभ्रेको धुलिखेलमा सम्मान गरेको हो । पूर्व विद्यार्थी नेतालाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सम्मान गरेका थिए । उनले विद्यार्थी नेताहरुले गरेको योगदानको कदर गर्दै कदरपत्र प्रदान गरेका थिए ।

सम्मानित हुनेमा अनेरास्ववियूका पूर्वअध्यक्ष ठाकुरे गैरे, देवेन्द्र पराजुली तथा पूर्वउपाध्यक्ष लक्ष्मण लम्साल, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने, हिमाल शर्मा, युवराज चौलागाई र रत्न ढकाल, विद्यार्थी मञ्चका पूर्वअध्यक्ष सन्तोष मेहता रहेका छन् ।

त्यस्तै अनेरास्ववियूका अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका रमेश मल्ल, रञ्जित तामाङ, रुपनारायण श्रेष्ठ, जगनाथ खतिवाड लगायत छन् । सम्मान कार्यक्रममा नेपाली काँग्रेसका विद्यार्थी नेताहरु भने कोहिपनि उपस्थित भएनन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र नेपाली जनताको समृद्धिका पक्षमा निरन्तर समाहित हुँदै नेपालको शैक्षिक उन्नती र युवा विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए वापत पूर्व विद्यार्थी नेतालाई सम्मान गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार परिषद्को परामर्श बैठक समेत दुईदिन धुलिखेलमा चलेको थियो ।

परिषद्ले ६५ जना पूर्व विद्यार्थी नेतालाई सम्मान गर्ने लक्ष्य राखेको छ । परिषद्ले सम्मान गर्न सूचीकृत पूर्व विद्यार्थी नेता हालका वहालवाला मन्त्री, संघीय तथा प्रदेश सांसद र पार्टीका केन्द्रीय सदस्य छन् । (रासस)

प्रकाशित मिति : २०७५, १२ माघ शनिबार  १० : २५ बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।