२०८२, २१ असार शनिबार

काभ्रेका कृषक पशु विमाप्रति आकर्षित

काभ्रेका कृषक पशु विमाप्रति आकर्षित


काभे्रपलाञ्चोक, १० माघ : मण्डन देउपुर नगरपालिका–१२ ज्याम्दीका नानीराम पराजुलीले अहिले पाँच वटा गाई पाल्नुभएको छ । परिवारलाई दूध खुवाउन एउटै गाई पाल्दै आउनुभएका उहाँले गाउँमा पशुबिमा कार्यक्रम आएपछि पाँच गाई पाल्न थाल्नुभएको हो । पराजुलीले भन्नुभयो, “गाउँमा पशुबिमा कार्यक्रम आएपछि निर्धक्कले गाई थप्दै गएँ, अहिले पाँच पुगे सबैको बिमा गरिसकेको छु ।”

एउटा गाई पालिरहनुभएका ज्याम्दीकै अर्का कृषक राजन पराजुलीले पनि हालै मात्र अर्को गाई थप्नुभएको छ । उहाँले भन्नुभयो, “पशुबिमा कार्यक्रमका कारण अरु गाईभैँसी थप्ने मन त छ, तर घरका काम गर्ने दुईजना मात्रै भएकाले अहिले सकिनँ ।” गाउँका अधिकांश कृषकले स्थानीय ज्याम्दी बचत तथा ऋण सहकारी संस्थाले पशुबिमा कार्यक्रम ल्याएपछि साविक पालिरहेको गाईभैँसीको सङ्ख्या बढाएका हुन् । “रोग लागेर भैँसी मरेर दुःख पाइन्छ कि भन्ने नभएपछि आफूले सकुन्जेल तीन भैँसी पालेर दूध बेच्दै आएको छु” स्थानीयवासी हरिप्रसाद पराजुलीले भन्नुभयो ।

सहकारीले तीन वर्षअघि सञ्चालन गरेको पशुबिमा कार्यक्रममा हाल ३४३ परिवारको ५५८ पशु बिमित भएका छन् । सहकारीले भैँसीको रु ६० हजार र गाईको रु ३० हजार बिमा गरेको अध्यक्ष रामकृष्ण तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार सहकारीका सदस्यले आफ्नो पशुबिमा गर्न शुरुमा भैँसीको लागि रु छ हजार र गाईको लागि रु तीन हजार प्रवेश शुल्क तथा वार्षिक रूपमा रु १५० तिरेर बिमा नवीकरण गर्नुपर्दछ । “पशुबिमावापत ८० प्रतिशत रकम दिइने गरिन्छ”, अध्यक्ष तिमल्सिनाले भन्नुभयो ।

पशुबिमा कार्यक्रमबाट रु १४ लाख १६ हजार १६ जम्मा भएको सहकारीका पशुबिमा उपसमितिका सचिव विदुर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षको छ महीनामा मात्रै ५३ कृषकले पशुबिमा गरेका छन् भने विभिन्न कारणले मरेका तीन भैँसी र चार गाईको रु तीन लाख कृषकलाई प्रदान गरिएको छ । पशुबिमा कार्यक्रम लागू भएपछि हालसम्म विमित पशुमध्ये ४३ गाईभैँसी मरेका छन् । यसवापत सहकारीले पशु मरेका कृषकलाई करीब रु १५ लाख बिमा रकम प्रदान गरिसकेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ९ : ३८ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न