२०८२, २ श्रावण शुक्रबार

कल बाइपासमा संलग्न दुई भारतीय पक्राउ

कल बाइपासमा संलग्न दुई भारतीय पक्राउ


काठमाडौँ, ९ माघ :नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ब्यूरो टोलीले यही माघ ७ गते काठमाडौँ सामाखुशी रोममार्गस्थित नवराज विक्रम कुँवरको घरमा सुनसरी धरान जिमिचोकका सञ्जीव राईले भाडामा लिएको घरको एउटा कोठामा भारत जयपुरका सुनिल कुमार र राम करन जटले अवैध भिओआइपी सञ्चालन गरिरहेको बेला पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिनुभयो । प्रहरीले उक्त कार्य सञ्चालन गर्ने उपकरणसमेत बरामद गरेको छ ।

अनुसन्धानका क्रममा अन्तर्राष्ट्रिय भिओआइपी कल चीनमार्फत ल्याउने गरेको, भारतबाट नेपाल आउँदा अवैध भिओआइपीमा प्रयोग हुने उपकरण साथमा लिइआएको, सिमकार्ड आफूलगायत विभिन्न भारतीय नागरिकको कागजातपत्रका आधारमा आफैँ लिने गरेकोजस्ता कुरा खुलेको ब्यूरोले जनाएको छ । अवैध भिओआइपीविरुद्ध ब्यूरो स्थापनकालदेखि हालसम्म १०७ स्थानमा भएको कारवाहीमा नेपाली १३० र विदेशी ३६ गरी १६६ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिइ अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ माघ बुधबार  ७ : ३४ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै