२०८३, ९ भाद्र बुधबार

लागुऔषधसहित चार पक्राउ

लागुऔषधसहित चार पक्राउ


काठमाडौँ, ८ माघ: प्रहरीले नागढुङ्गाबाट आज लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले नागढुङ्गा चेकपोष्टमा गाडी चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा पोखरीया नगरपालिका–४ का १८ वर्षीय अभिनाश यादव, गोकर्णेश्वर नगरपालिका–७ का २२ वर्षीय विजय भारती, काठमाडाँै बूढानीलकण्ठ नगरपालिकाका २१ वर्षीय सुदिप ठकुरी र २४ वर्षीय राजु गिरी रहेका छन् ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ६५४४ नं को बसलाई जाँच गर्ने क्रममा पक्राउ परेका यादवको साथबाट अवैध लागुऔषध डाइजेपाम १०० एम्पुल, फेनरागन १०० एम्पुल र नुर्फिन १०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको लु १ ख ८३२३ नं को यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा बिहान पक्राउ परेका भारतीको साथबाट नाईट्राभेट १५० ट्याबलेट तथा ठकुरी र गिरीको साथबाट डाईजेपाम, फेनरागन र नुर्फिन गरी ७५ एम्पुल बरामद गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ८ माघ मंगलबार  ६ : ०६ बजे

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा