२०८२, २१ असार शनिबार

पूर्वगभर्नर रावल रु १० लाख धरौटीमा छुट्ने विशेषको आदेश

पूर्वगभर्नर रावल रु १० लाख धरौटीमा छुट्ने विशेषको आदेश


काठमाडौँ, ७ माघ: विशेष अदालतले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तीलक रावललाई रु १० लाख धरौटी राखेर तारिखमा छुटने आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले आज रावललाई रु १० लाखमा धरौटी राखेर तारिखमा छुट्न आदेश दिएको अदालतका रजिष्टार भीमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पूर्वगभर्नर रावललाई १५ दिनको म्याद दिएर बयानका लागि आज उपस्थित हुन विशेष अदालतले दिएको सयमानुसार उपस्थित भएर बयानदिएपछि सो रकम बुझाएर तारिखका छुट्नुभएको हो । नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा १० रुपैयाँ दरको पाँच करोड थान पोलिमर नोट छपाइ गर्दा अष्ट्रेलियाका स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको, नोट प्रिन्टिङमा मिलेमतो गरी गैरकानूनीरुपमा नोट छपाइ गरेको आरोपमा आयोगले गत पुसमा मुद्दा दायर गरेको थियो ।

आयोगले रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेललाई जनही रु ९१ लाख नौ हजार र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएका एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेविरुद्ध कूल रु दुई करोड ७३ लाख बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २०७५, ७ माघ सोमबार  ९ : ०६ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न