२०८२, २ आश्विन बिहीबार

चालीस केजी चरेससहित दुई भारतीय पक्राउ

चालीस केजी चरेससहित दुई भारतीय पक्राउ


तौलिहवा, ६ माघ: प्रहरीले चालीस केजी चरेससहित दुई जना भारतीयलाई कपिलवस्तु नगरपालिका–१ बहादुरगञ्ज जाने चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला पूर्वी चम्पारन थाना रक्सौल ग्राम परेउवाका ३२ वर्षीय ताहिर अली र सोही स्थानका ३२ वर्षीय मोहम्मद आलम रहेको प्रहरीले जनाएको छ । आज साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो ।

पक्राउ परेकालाई जिल्ला अदालतबाट पाँच दिनका लागि थप अनुसन्धान गर्न म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनुभयो । अन्य संलग्न व्यक्तिका बारेमा समेत सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ८ : ५२ बजे

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

काठमाडौं । काठमाडौंको बनस्थलीमा बिहीबार बिहान सवारी दुर्घटनामा परेर एक

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको ऐतिहासिक

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

काठमाडौं । नेपालप्रहरीमा ४८ जनावरिष्ठप्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ।

साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको