२०८२, १२ माघ सोमबार

कृषि र पर्यटनको क्षेत्रबाट समृद्धिको लडाइँ : मन्त्री लामा

कृषि र पर्यटनको क्षेत्रबाट समृद्धिको लडाइँ : मन्त्री लामा


भरतपुर, ६ माघ : प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले कृषि र पर्यटनको क्षेत्रबाट समृद्धिको लडाइँ लड्नुपर्ने बताउनुभएको छ । चितवनको खैरहनीमा जारी छैठौँ खिचरा महोत्सवमा भएको कृषि प्रदर्शनीमा उत्कृष्ट भएका कृषकलाई पुरस्कार वितरण कार्यक्रममा मन्त्री लामाले कृषि क्षेत्रबाट उत्पादनमुखी बन्नुपर्ने बताउनुभयो ।

मन्त्री लामाले नेपालमा कृषि र पर्यटनको माध्यमबाट रोजगारी र उत्पादनमुखी काम गरेर आत्मनिर्भर बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । “चितवनको पहाडी क्षेत्रमा धेरै किसिमको फलफूल उत्पादन गर्न सकिन्छ”, मन्त्री लामाले भन्नुभयो, “त्यसतर्फ कृषि मन्त्रालयको ध्यान केन्द्रित भएको छ ।” उहाँले पहाडी क्षेत्रको माटो परीक्षण गरी माटो अनुकूल खेती गर्न किसानलाई प्रोत्साहन गरिने बताउनुभयो ।

उहाँले खैरहनीमा थारू जातिको सङ्ग्रहालय निर्माणका लागि प्रदेशबाट ५० लाख रुपैयाँ विनियोजन गरिएको र थप रकम आवश्यक परे प्रदेशबाट सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ७ : ३६ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै